20120119

माओवादीका शीर्ष नेताले शान्ति र संविधानमा जोड गर्ने र नागरिकका पक्षमा संविधान नबने जनविद्रोहमा जाने चेतावनी दिए

माओवादीका रुप चिन्न र भाषा बुझ्नै गार्हो,एकातिर गयो एउटा कुरा भन्यो अर्को तिर गयो अर्को कुरा भन्यो, कार्यकर्तालाई भुलभुलैयामा पार्यो, अन्तरराष्ट्रिय समुदायलाई पुरा शान्ती र संबिधान बादी बुद्ध बादी देखाउन खोज्यो, प्रचण्ड बाबुराम र बैद्य कमरेडहरु जे जे मन लाग्छ गर्दै गर्नोस आखिरी नेपाल सोमालिया हुने नै भयो !
(जन बिद्रोह, जनयुद्ध, जनबाद, जन संबिधान का कुरा गर्ने कमरेड हरु आफुहरु सुटबुट सहित यसरी सोफामा मस्त तालले बस्नुहुन्छ भने कार्यकर्ता यो चिसोमा भुइँमा, मान्नै पर्छ माओवादीको यो नेतामुखी काइदा लाई पनि !)
 
एकीकृत नेकपा माओवादीका शीर्ष नेताले शान्ति र संविधानमा जोड गर्ने र नागरिकका पक्षमा संविधान नबने जनविद्रोहमा जाने चेतावनी दिएका छन् । ललितपुरको खन्ना गार्मेन्टमा नेवा, ताम्सालिङ
र विशेष राज्य समितिको प्रशिक्षणमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण र प्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सामन्तवाद र साम्रज्यवाद विरोधी संविधान बनाउन पहल गर्ने र त्यसमा बाधा भए विद्रोहमा जान सकिने बताउनुभएको हो । प्रशिक्षणमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले अहिले शान्ति र संविधानकै बाटोमा अघि बढेर प्रयत्न गर्ने र त्यसमा अवरोध आए नागरिकमा जाने भन्दै जनविद्रोहमा जान सकिने बताउनुभयो । पार्टीले शान्ति र संविधान निर्माण प्रक्रियामा हात बाँधेर सबै गुमाएको भन्ने कुराको खण्डन गर्दै प्रचण्डले  शान्ति प्रक्रिया पनि सम्मान जनक हुने र नागरिकको संविधान बनाउन पहल गरिरहेको बताउनुभयो । पार्टी भित्र समस्या आएकोले त्यसलाई जनवादको प्रयोग गरेर समाधान गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले अहिले पार्टीको नीति शान्ति र संविधानकै नीतिमा अघि बढ्ने र जनसंविधान नबने विद्रोहमा जाने बताउनुभयो । पार्टी भित्र पहिले पनि निर्णय हुने गरेको तर कार्यान्व्यन नहुने समस्या रहेको भन्दै वैद्यले अब नीति अनुसार काम नभए पार्टी भित्रको एकता पनि अन्तिम हुन सक्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराईले अहिले शान्ति र संविधानकै नीतिमा अघि बढेर काम गर्न सकिनेमा जोड दिँदै अवरोध आए विद्रोहमा जान बाटो खुला रहेको बताउनुभयो । अहिले पार्टी सरकार, सदन र सकड तीनै मोर्चामा रहेकोले यसलाई एक ढिक्का भएर उपयोग गरेर शान्ति र संविधानको कार्यदिशामा अघि बढेर काम गर्न सकिने भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक