20120204

हुँदै नभएका लडाकुका नाममा तलब र भत्ता बुझ्ने बानी परेका माओवादी र लडाकु कमान्डरले बिदा भएर घर जानेहरुलाइ पनि छोडेनन

कांग्रेस नेता एवं लडाकु समायोजन विषेश समितिका सदस्य रामशरण महतले शिविरमा रहेका माओवादी कमाण्डरहरुले लडाकुहरुको परिचयपत्र कव्जामा लिएको दाबी गरेका छन्। चितवनको शत्तिखोरस्थिति माओवादी तेस्रो डिभिजनमा एक सयभन्दा बढी लडाकुको परिचयपत्र कमाण्डरले लिएको महतले दाबी गरे। 'मलाई फोन गरेर लडाकूहरुको परिचयपत्र कमाण्डरहरुले लिएको जानकारी आएको छ, यो लडाकुहरुको व्यक्तिगत परिचयपत्र हो, यसकै आधामार उनीहरुले पाएको चेक बैंकमा जम्मा हुन्छ' महतले भने, 'माओवादी कमाण्डरको यस्तो कार्यले उनीहरु पैसाको सेयर पार्टी वा कमाण्डर आफैँले लिन खोजेको देखिएको छ।'  महतले लडाकूहरुको परिचयपत्र
कमाण्डरले लिएको सूचना पाए लगत्तै मुख्य सचिव माधवप्रसाद घिमिरेलाई फोन गरी विषेश समिति बैठक बोलाउन आग्रह गरेका छन्। 'चितवनको शक्तिखोरमा मात्रै नभई अरु शिविरहरुमा पनि लडाकूको परिचयपत्र लिने गुनासाहरु आएका छन्' महतले भने, 'भोलि (आइतबार) नै विषेश समिति बैठक बसेर यसलाई तत्काल समाधान गर्नुपर्छ।' स्वच्छिक अवकासमा जाने लडाकूहरुलाई शुक्रबारदेखि एकाउन्ट पे चेक वितरण प्रक्रिया सुरु गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक