20120203

कठै नेपालका सभासद, आची गर्नेलाई भन्दा देख्नेलाई लाज !

जीरे खुर्सानीमा शिवहरिले भने झै "यस्ता दुवा तिर्की र मुखमा हान्दिनु जस्ता" सभासद, मन्त्री र नेता भए पछी ....!
http://surendrapaudel.files.wordpress.com/2011/05/red-passport.jpgमहिला सभासद् समूह ककस को संयोजक रहेकी निलम बर्मासमेत रातो पासपोर्ट दुरुपयोग गर्नेमा परेकी छिन्। सभासद् बर्माले रातो पासपोर्ट दुरुपयोग गरेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सम्बन्धित निकायले अनुसन्धान प्रारम्भ गरेको छ। महिला ककसको संयोजकमा चयन भएपछि ककसका नाममा अर्थ मन्त्रालयको स्वीकृति नलिई विदेशी दाताहरुबाट विभिन्न कार्यक्रमका नाममा सहयोग राशी ल्याउने र संसद्  सचिवालयकै अनुमतिविना बैंकमा खाता खोल्नेजस्ता कामबाट विवादमा परेकी संयोजक बर्माको रातो पासपोर्ट अनुसन्धानका लागि संसद् सचिवालयले सम्बन्धित निकायलाई बुझाइसकेको छ।
पटकपटक मौखिक आग्रह गर्दा रातो पासपोर्ट नबुझाएपछि संसद् सचिवालयले बर्माका नाममा दुईपटकसम्म लिखित पत्र पठाउनुपरेको थियो। दुईपटक लिखित पत्र र पटकपटकको मौखिक आग्रहपछि सभासद् बर्माले सचिवालयलाई रातो पासपोर्ट बुझाएपछि सचिवालयले सो पासपोर्ट अनुसन्धान गर्ने निकायमा पठाएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक