20120203

माओवादी तत्काल आतंकवादी सूचीवाट हट्ने सम्भावना न्यून

नेपालका लागी अमेरिकी राजदूत एकट एच डेलिसीले सत्तारुढ एकीकृत नेकपा माओवादी तत्काल आतंकवादी सूचीवाट हट्ने सम्भावना न्यून रहेको खुलासा गरेका छन् । शुक्रवार रानजधानीमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै डेलिसीले माओवादी तत्काल अमेरिकाको आतंककारीको सूचीवाट लनहट्ने खुलासा गरेका हुन् । एकिकृत माओवादीलाई राखेको आतंकवादी सूचीमा रहेका कुनै पनि संगठनलाई अझै नहटाइसकेकाले माओवादीलाई तत्काल हटाउने नहटाउने विषयलाई सतर्कताका साथ अमेरिकी सरकारले हेरिरहेको छ, डेलिसीले भने । उनले अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोको आसन्न नेपाल भ्रमणका क्रममा माओवादीलाई सो सूचीवाट हटाउने  सम्भावना नरहेको जानकारी समेत दिए । उपविदेशमन्त्री ओटरा केही समयपछि  नेपाल आउदै छिन् ।  तर उनले अमेरिकाले माओवादीसंग सम्बन्ध सुधार गर्न प्रयत्न गरिरहेको  र धेरै हद सम्म सफल भएको वताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक