20120210

बेलायत मा बस्ने नेपालीका लागि अत्यन्त दु:खद समाचार : असी प्रतिशत नेपाली नेपाल फर्किनुपर्ने अवस्था आउंदै !

बेलायत सरकारले प्रस्ताव गरेको नयाँ आप्रवासन नीतिले हजारौँ नेपाली पेशाकर्मी तथा आप्रवासी प्रभावित हुने भएका छन् । बेलायत बस्ने युरोपेली संघ बाहिरका नागरिकको आम्दानी कम्तीमा वाषिर्क ३१ हजार पाउण्ड -३८ लाख ४४ हजार रुपैयाँ) हुनुपर्ने नीतिमा छ । कम आम्दानी हुने संघ बाहेकका देशका नागरिकलाई ५ वर्षको भिषा अवधि सकिएपछि सम्बन्धित देश फर्काइने छ । बेलायतका आप्रवासी सम्बन्धि मुद्धा हेर्ने नेपाली वकिल राजु थापाले यो कानुन बने नेपाली लगायत युरोपेली संघ बाहिरका अधिकांस आप्रवासी स्थायी रुपले बेलायत बस्न नसक्ने बताए । बेलायती आप्रवासन मन्त्रीले गएको साता बीबीसीसँग कुराकानी गर्दै बेलायती जिवनस्तर सुधार्ने खालका आप्रवासी मात्रै चाहेको बताएका थिए । उनले मध्यम खालका व्यवस्थापक र अदक्ष कामदारको खाँचो नरहेको बताएका थिए । गैरआवासीय नेपाली संघ बेलायतका संयोजक रामशरण सिंखडाले यसबाट बेलायतमा बसोबास गर्दै आएका ८० प्रतिशत भन्दा बढि नेपाली आप्रवासी प्रभावित हुने बताए । बेलायतमा पूर्वगोर्खा सैनिक सहित करीब १ लाख ५० हजार नेपाली रहेको अनुमान छ । बेलायतमा रहेका अधिकांस नेपालीको वाषिर्क आम्दानी १५ देखि २० हजार पाउण्ड -१८ लाख ६० हजार देखि २४ लाख ८० हजार रुपैयाँ) हाराहारी छ । बेलायत सरकारले सन् २०१५ को आमचुनाव अघि आप्रवासीको संख्या दशौँ हजारले कटौती गर्ने घोषणा गरिसकेको छ ।

1 comment:

  1. पंतिकर मित्र ज्यु ;

    कुरो समाचार सहि हुने नहुने गर्भमै छ | आफ्नो देश फर्किन परे किन एस्तो सकस ? तर पंतिकारले गोर्खालाई मिसाई दिने तर्क के हो बुझ्न कठिन भो | के गोर्खा हरु शरणार्थी हुन् कि यो देशको राष्ट्र सेवक हुन् ? के यी गोर्खाहरु हचुवाको भरमा आएका हुन् र ? गोर्खाहरु भनेको छुट्टै प्रकृतिका पृष्ठ भुमि बोकेका र आधिकारिक रुपमा स- सम्मान ब्रिटिश सरकारले यस देशमा बस्ने अनुमति दिएका हुन् हामीले मागेका होइनौ |यसका थुप्रै कारण र दस्तवेजहरु छन् | त्यो पंतिकारले भने झैँ सजिलो भने छैन गोर्खाको सवालमा | गोर्खाहरु पशुपतिको दर्शन भन्दै सिद्राको व्यापार गर्ने हरु जस्तो होइनन यो कुरो बुझ्न ढिला गर्नु हुदैन |

    तसर्थ
    मित्र हरु आलु र पिडालु हेर्दा उस्तै होलान यिनीहरुको आ- आफ्नै व्याख्या र विश्लेषण छन् | मन परि मिसाएर भ्रम फैलाउनु को कुनै तुक छैन र भ्रम पार्न र पर्नु नहुने अनुरोध गर्दछु |

    अस्तु

    तसर्थ
    मित्र हरु आलु र पिडालु हेर्दा उस्तै होलान यिनीहरुको आ- आफ्नै व्याख्या र विश्लेषण छ | मन परि मिसाएर भ्रम फैलाउनु को कुनै तुक छैन र भ्रम पार्न र पर्नु नहुने अनुरोध गर्दछु |

    अस्तु

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक