प्रधानसेनापती पछीको दोस्रो र तेस्रो ठुलो पद रथी र उपरथी पद माओवादीलाई चहिए पछी !
माओवादीले आफ्ना लडाकू प्रमुख नन्दकिशोर पुन पासाङलाई मानार्थ रथी बनाउनु पर्ने सर्त अघि सारेको छ । ६० जनालाई मेजर पदमात्र दिने र ६ हजार ५ सयलाई सामुहिक समायोजन गर्ने भन्दै सेनाले सरकारलाई नयाँ प्रस्ताव बुझाएको सार्वजनिक भएलगत्तै माओवादीले यस्तो सर्त अघि सारेको हो । 
नयाँ प्रस्तावप्रति असहमित जनाउँदै जनसेनाको जनरल स्टाफ वैठकले आफ्ना माग पुरा गराउन राजनीतिक तहमा सहमति गर्न नेतृत्वसँग माग गरेको छ ।
माओवादीले समायोजन रोजेर ९ हजार ७ सय ५ लाई समायोजन गर्नु पर्ने अडान छाडेको छ । दलहरुबीच भएको सहमति अनुसार ६ हजार ५ सयलाई मात्र समायोजन गर्न सहमत भएको माओवादीले समायोजन रोजेर पनि सेनामा जान नपाउनेहरुका लागि भने क्षतिपूर्तिसहित अवकासमा पठाउनु पर्ने ठहर गरेको छ । ‘समायोजन रोज्न लगाएर अवकासमा पठाउँदा उनीहरुको अपमान गरेको हुन्छ’ प्रतिक्षाले भन्नुभयो-’त्यसले ६ हजार ५ सयभन्दा बढीलाई क्षतिपूर्तिसहित अवकास प्याकेज दिनुपर्छ । बैठकले लडाकू समायोजन गर्दा उपरथीदेखि तल्लोतहसम्मको दर्जा मिलान हुनु पर्नेमा जोड दिएको छ ।
बैठकले लडाकू समायोजनबारे नेपाली सेनाले अघि सारेको प्रस्तावलाई सकारात्मक तर पूर्ण नभएको ठहर गरेको छ । सेनाले ६ हजार लडाकूलाई सामूहिक समायोजन गर्ने, लडाकूलाई मेजरसम्म दिने प्रस्ताव हालै मात्र प्रधानमन्त्री एवं विशेष समितिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बुझाएको थियो ।
के थियो प्रस्तावमा ?
करिव एक साताअघि नेपाली प्रधानसेनापति छत्रमानसिंह गुरुङले प्रधानमन्त्रीलाई बुझाएको समायोजनसम्बन्धी नयाँ प्रस्तावमा ६ हजार ५ सय लडाकूलाई समूहगत प्रवेश गराउने तर अधिकतम मेजरभन्दा माथि नदिने उल्लेख गरिएको छ । माथिल्लो दर्जा मागिरहेको माओवादीलाई मनाउन सेनाले समूहगत प्रवेश स्वीकारेको छ भने ३ सय ५० जनालाई अधिकृत तह दिने र बि्रजकोर्षको समय आधा घटाउने प्रस्ताव गरेको छ ।
सेनानिकट स्रोतका अनुसार माओवादी सैन्य इन्चार्ज बर्षमान पुन र लडाकू कमाण्डर नन्दकिशोर पुन तथा नेपाली सेनाका रथी दमनबहादुर घलेवीच दर्जनौपटक छलफल भएपछि यो सहमति भएको हो । माथिल्लो पोष्ट मागिरहेका लडाकूलाई शान्त पार्न समुहगत प्रवेशको ब्यबस्था गरिएको यस्तो प्रस्तावमा अनन्त र पासाङ सहमत भएपनि बुधबारको जनरल स्टाफ वैठकमा पुरानै अडानमा रहने र ती माग पुरा गर्न राजनीतिक तहमा सहमति हुनुपर्ने निर्णय गरिएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएलगत्तै माओवादी र नेपाली सेनावीच बिश्वासको वातावरण बनाउन प्रधानसेनापति गुरुङका नातेदार घले र लडाकू कमाण्डर पासाङवीच नियमित कुराकानी र छलफलको सुरुवात गरिएको थियो । वालुवाटारमै वसेर उनीहरुबीच जर्दनौपटक छलफल भएपछि समायोजनको नयाँ खाकामा सहमति भएको सैनिक स्रोतको दावी छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक