20120214

अमेरिकामा फेरी अर्का एक होनाहार नेपाली युबाको दु:खद मृत्‍यु, माओवादीले तीन गोली हानेर पनि बाँचेका शाहसी युबा यसरी मारिए

बिश्वभर हरेक युगलजोडीहरु भ्यालेन्टाइन डेको खुशियाली मनाउने तयारीमा जुटीरहंदा सुनसरीको मधेशा ९ कि श्रीमती कल्पना कार्कीले एकाबिहानै आफ्ना पति राजेन्द्र बस्नेतलाई अमेरिका स्थित न्युजर्सीमा गाडि दुर्घटनामा परि सदाकोलागि गुमाउन पुगेकी छिन् । सोलुखुम्बु जिल्लाको कांगेल स्थायी ठेगाना भएपनि लामो समयदेखि सुनसरीको मधेशा ९ मा बस्दै आएका राजेन्द्र बस्नेतको मंगलबार बिहान १४ फेबु्रवरीका दिन न्युजर्सिमा गाडि दुर्घटनामा मृत्युभएको छ । संयुक्त राष्ट्रसंघको कार्यक्रम अन्तर्गत गतदुइहप्ता अगाडिमात्र अमेरिका आएका स्वर्गिय बस्नेत नाताले कांग्रेस नेता बलबहादुर के.सी. का मामाका छोरा हन् । जतिबेला नेता के.सी माओवादीको गम्भिर आक्रमणमा परेका थिए त्यति बेला स्वर्गिय बस्नेतलाई समेत ३ वटा गोली लागेको थियो तर बांच्न सफल भएका थिए । भ्यालेन्टाइन डेको एकाबिहानै दुर्घटनामा परेका स्वर्गिय बस्नेतको श्रीमती कल्पना कार्की र ३ बर्षिय छोरा छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक