20120213

प्रचण्डले भन्नुभयो -’अदालतले के भन्छ हामीलाई मतलब छैन, जनताको अदालतले जे भन्छ त्यही मान्छौं, जनताको अदालतको फैसला बाहेक अरु हामी जान्दैनौं ।’

प्रचण्डले संविधानसभाबारे सर्वोच्च अदालतले के भन्यो भन्नेबारे कुनै मतलब नगरेको र जनताको अदालतबाहेक अन्य अदालतको कुरा नमान्ने बताउनुभएको छ । १७ औं जनयुद्व दिवसको अबसरमा सोमबार राजधानीको खुलामञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो -’अदालतले के भन्छ हामीलाई मतलब छैन, जनताको अदालतले जे भन्छ त्यही मान्छौं, जनताको अदालतको फैसला बाहेक अरु हामी जान्दैनौं ।’ जनता नै न्यायाधीश भएको र आफू न्याय माग्दै जनताको कठघरामा उभिएको भन्दै उहाँले भन्नुभयो-’ तपाईहरुसँग मैले न्यायका लागि अपिल गरिरहुको छु, तपाईहरुले फैसला गर्नुस ।’ आफूहरु अहिले सम्मानजनक शान्ति र सामन्तबाद/साम्राज्यबाद विरोधी सारतत्व भएको संविधान निर्माणमा इमान्दारिता पूर्वक लागेको भन्दै माओवादीलाई ‘हृयुमुलेट’ गरेर शान्ति प्रक्रिया पूरा गर्ने र २०४७ सालको जस्तो सामन्ती संविधान ल्याउन प्रयास गरिए त्यो ठूलो भूल हुने बताउनु भयो । ‘यदि हामीलाई झुक्याउने,
शान्ति प्रक्रियामा माओवादीलाई हृयुमुलेट गरेर षड्यन्त्र हुन्छ भन्ने विद्रोह गर्नुको विकल्प छैन । तपाईहरु विद्रोहका लागि तयार हुनुहोस् ।’ प्रतिगामी र प्रतिक्रियाबादीहरुले माओवादीलाई अपमानित गर्ने षड्यन्त्र गरिरहेको भन्दै माओवादी कि अरुले जित्छ भन्ने अन्तिम निर्णय हुन बाँकी रहेको बताउनु भयो । जनताले खबरदारी नगर्ने हो भने शान्ति प्रक्रिया र संविधान निर्माणमा धरापमा पर्ने खतरा रहेको भन्दै एकताबद्ध हुन आहृवान गर्नुभयो । उहाँले भन्नुभयो-’तपाई हामी एक हुँदासम्म कसैको तागतले सक्नेवाला छैन ।’

यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ । Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com
---------------------------------------------------------------------------------------------------------------

माओवादीलाई सुधार्दै शान्ती र संबिधानको बाटोमा ल्याएका छौं अब यिनिहरु बिस्तारै नाङिदै जान्छन भन्ने कङ्रेस र एमाले लगायत का दललाई प्रचन्ड र बैद्यले यसरी चेतावनी दिए

माओवादी सभामा प्रस्ट देखियो फुटको असर, उपस्थिती बिगतको भन्दा अत्यन्त कम, झस्किए प्रचन्ड र बैद्यहरु !  ********"माओवादीहरु सुध्रिने वाला छैन र यिनिहरुलाई शान्ती र संबिधान होइन, हत्या हिँशा, अराजकता, लुट र कथित जनबिद्रोहका नाममा अधिनायकबादी ढंगले सत्ता कब्जानै प्यारो छ" भन्ने कुरा फेरी प्रमाणित गरेका छन उनिहरुले हिजो मात्र, हेर्नुस पुरा विवरण !     

माओवादी अध्यक्ष पुष्पकमल दाहाललले २०४७ सालको संविधान ब्युँताउन खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् । १७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा माओवादी जनसभालाई सम्बोधन गर्दै दाहालले विद्रोहको तयार हुन कार्यकर्तालाई निर्देशन दिए । 'हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा गम्भीर भएका लागेका छौं,' दाहालले भने, 'तर फेरि पनि ०४७ सालको संविधान ब्युँताउन खोजिन्छ भने विद्रोह हुन्छ, त्यसको विकल्प छैन, तपाईंहरु विद्रोहको लागि तयार हुनुहोस् ।' माओवादीले क्रान्तिको बाटो

1 comment:

  1. PARCHADJI AAPHAI BOKASI AAPHAI DAMI. KE HO CHALA SANGIYA GADATHARA SAHITAKO SABIDANMA KAMETA6,SABAIKO.BADAKA MAHOBADI HO.TIMRA SENA RAKHER KASARI SABIDAN BAN6 VHANA.
    ARKO KURA TIMI THANADTA VAYA6AU BADAI 6.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक