20120208

महिला लडाकूहरुले छुट्टै राहत प्याकेजको माग गरे, सुत्केरी र गर्भवती महिलाहरुलाई उपलव्ध गराउन पहल गर्छौ भने पनि अहिले उनीहरु नै चुपचाप लागेको गुनासो

माओवादी सरकार देखी सदन, सडक सम्म हरेक बहानामा देशको ढुकुटी को डकैती गर्दै राज्यसत्ता पुरै आफ्नो कब्जामा पार्ने दाउमा ! 
 नवलपरासी स्थित माओवादी लडाकूको चौथो डिभिजन अन्र्तगतको रामनगर जर्गाहामा रहेको सहायक शिविरमा स्वेच्छिक अवकाश रोजेका महिला लडाकूहरुले छुट्टै राहत प्याकेजको माग गरेका छन् । शिविरमा रहेका सुत्केरी र गर्भवति महिलाहरुले सरकारले उपलव्ध गराएको रकम बाहेक दिर्घकालिन जिविकोपार्जन र बालबच्चाहरुको पठन पाठन तथा हेरचहाका लागि राहत प्याकेजको माग गर्दै शिविर भित्र महिला लडाकूहरुले नाराबाजी समेत गरे । कावासोती शिविरकी सेक्सन कमाण्डर कल्पना गिरीले
पैसाका लागि नभई पार्टीका लागि क्रान्ति गरेको भन्दै बालबच्चाहरुको भविश्यका लागि सरकारले राहत प्याकेजको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । कालिकोट घर भएकि रेशमा शाहिले घर जाने बेलामा कमाण्डरहरुले सरकारले उपलव्ध गराएको रकममा थप १ लाख २५ हजार सुत्केरी र गर्भवती महिलाहरुलाई उपलव्ध गराउन पहल गर्छौ भने पनि अहिले उनीहरु नै चुपचाप लागेको गुनासो गर्नुभयो । सरकारले दुई किस्तामा उपलव्ध गराउने ५ लाख रुपैयाँ केही वर्षमै सकिने र वच्चाहरुको पालन पोषण र निशुल्क शिक्षाका लागि सरकारले ग्यारेण्टी लिनुपर्ने लडाकूहरुको माग छ । वुधवार मात्र रामनगरको जर्गाहामा मात्र २ सय ६४ जना लडाकूहरुलाई चेक हस्तान्तरण गरिएको छ । विहीवार चौथौ डिभिजन अन्र्तगत रुपन्देहीको सैनामैना शिविरमा रहेका लडाकूहरुलाई चेक र भाडा वापतको रकम वितरण गरिने समितिले जनाएकोछ । नवलपरासी माओवादी चौथो डिभिजनमा कुल १ हजार ३ सय ४२ लडाकूहरुले स्वेच्छिक अवकाश रोजेका छन् ।
माओवादीका पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले चेक बुझेर घर जाने लडाकुले पाएको मध्ये केही रकम स्वेच्छिक रुपमा पार्टीले लिने नीति नै रहेको बताउनुभएको छ ।  बिहान झापाको दमकमा पत्रकारसँग कुरा गर्दै गजुरेलले बर्हिगमनमा परेका लडाकुका लागि स्वेच्छिक अवकास रोज्ने लडाकुसंग स्वेच्छिक रुपमा रकम संकलन गर्ने पार्टी नीति नै रहेको बताउनु भयो ।
उहाँले लडाकुले ब्यक्तिगत रुपमा पाएको चेक खोसिएका खास ठाउँका घटनालाई सामान्य रुपमा लिइएको पनि बताउनुभयो ।  मंगलवार काठमाण्डौंमा स्थायी समिति बैठकपछि पार्टी सचिव सीपी गजुरेलले भने चेक लुट्ने र ४० प्रतिशत रकम लिने पार्टीको कुनै नीति नभएको र रकम पनि नलिने बताउनुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक