20120208

सरकार र वाईसीएल आफैँ बोक्सी आफैँ धामी : युबा संघ/युथ फोर्स

माओवादी हत्यारा अपराधी लडाकुहरुलाई राज्य कोश बाट अर्बौँ रकम बाड्दै गरेको माओवादीले अब वाइसियलका गुण्डाहरुलाई पनि राज्य कोश बाटै पैसा बाड्ने तयारी गरेको भन्दै एमाले युबा संघ/युथ फोर्सद्वारा प्रतिकारमा उत्रने चेतावनी
युथ फोर्स नेपालले राहतको नाममा वाईसीएललाई राज्यकोषबाट पैसा दिए कडा प्रतिबाद गर्ने चेतावनी दिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले
वाईसियललाई राज्यकोषबाट रकम दिन खोजिएको आरोप लगाउनु भयो । जनयुद्धका सक्कली लडाकूहरुलाई वाईसीएलमा पठाएर शिविरमा राखिएका नक्कली लडाकूहरुको चेक र परिचयपत्र खोस्नु माओवादीको सक्कली रुप भएको उहाँको भनाई छ । सरकार र वाईसीएल आफैँ धामी आफैँ बोक्सीको रुप धारणा गरेर राज्यकोषको रकम झ्वाम पार्ने दाउमा रहेको दावी गर्दै उहाँले युवासंघले दूरुपयोग भएको रकमको एक एक गरेर हिसाव माग्ने बताउनु भयो । राज्य पुनसंरचना आयोग बाँदरको पुच्छर लौरो न हतियार जस्तो भएको भन्दै उहाँले दुवै प्रतिवेदनले जातीय युद्ध निम्त्याउने दावी गर्नुभयो । युवा संघका अध्यक्ष बस्नेतले राष्ट्रको अस्मितामाथि धावा बोल्ने मधेशवादी दलका नेताहरुलाई देश टुक्राउने अभियान तत्काल बन्द गर्न चेतावनी दिनुभयो ।
कांग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादी नसुध्रे पूर्व राजा ज्ञानेन्द्रकै जस्तै हालत हुने चेतावनी दिएका छन्। उनले प्रजातन्त्र र कांग्रेस बिरोध लाग्ने जो-सुकै इतिहासमा समाप्त भएको दाबी गरे।‘नेपालको इतिहासमा जो-जो प्रजातन्त्र र काँग्रेससँग टकराए सब चुरचुर भएका छन्' -मोरङको टंकिसिनुवारीमा बुधवार आयोजित क्षेत्रीय सम्मेलनमा बोल्दै काँग्रेस सभापति कोइरालाले भने,‘फेरि पनि कांग्रेससँग कोइ लड्न खोज्छन् भने ज्ञानेन्द्र जस्तै समाप्त हुन्छन्।'
उनले तत्कालिन राजा ज्ञानेन्द्रलाई कांग्रेसले धेरै अवसर दिए पनि प्रजातन्त्र र जनबिरोधी काम गर्न खोजेपछि २ सय ४० वर्षको राजतन्त्र समाप्त पारिएको बताए। ‘माओवादीलाई पनि धेरै सम्झाइरहेको छु, प्रजातन्त्र बिरोधी काम नगर्नुस भनेर'-कोइरालाले भने,‘माओवादीले हत्या, हिंसा, अराजकता र लुट मच्चाउने र दोष प्रजातन्त्रलाई दिने।' प्रजातन्त्र र काँग्रेसको इतिहासलाई बिर्से माओवादी पनि राजतन्त्र जस्तै समाप्त हुने उनको दाबी छ।
‘माओवादीको शब्दकोषमा प्रजातन्त्र छैन भन्ने हामी उसकै कुरा मान्नुपर्ने जरुरी छ र?'-कोइरालाले भने,‘हामीले प्रजातन्त्र र जनतासँग खेलवाड नगर्नुस भनेका छौ, मानेनन् भने काँध थाप्न सकिन्न।'
 एमालेकी उपाध्यक्ष विद्या भण्डारीले एकीकृत माओवादी गुहिए खोलामा आएको बाढी मात्र भएको टिप्पणी गर्नु भएको छ । भण्डारीले गु्हिए खोलालाई राजनीतिक पार्टी मानेर हिड्नुपर्ने लज्जास्पद अवस्था रहेकै कारण देशले दुभाग्यपूर्ण अवस्थाको सामना गर्नु परिरहेको आरोप  लगाउनु भयो ।
एकिकृत माओवादी हिंसा र हत्या जस्ता आपराधिक पृष्ठभुमिबाट आएकोले जव उसको नेतृत्वमा सरकार बन्छ तब देशमा हिंसा र अपराध बढ्ने गरेको भण्डारीको आरोप छ । प्रेस चौतारी नुवाकोटले वुधवार विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष भण्डारीले एकिकृत माओवादीका कारण शान्ति प्रक्रिया र संविधान निर्माणमा बाधा उत्पन्न भएको वताउनु भयो ।
पूर्व रक्षामन्त्री समेत रहेकी भण्डारीले माओवादी नेतृत्वको वर्तमान सरकार निकै आलोचित र भ्रष्ट भएकाले शान्ति र संविधान निर्माण प्रक्रियालाई टुंगाउन प्रधानमन्त्रीले राजीनामा दिए राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी बाटो खुल्ला गर्नु पर्ने तर्क गर्नु भयो ।
]मधेसी जनअधिकार फोरम लोकतान्त्रिक वरिष्ठ नेता शरतसिंह भण्डारीले संयुक्त मधेसी मोर्चा सरकारमा बसिरहनुको औचित्य नभएको बताउनुभएको छ । मंगलवार पर्साको वीरगञ्जमा पत्रकारहरुसंग कुराकानी गर्दै भण्डारीले यस्तो वताउनु भएको हो ।
उहाँले सरकार गठनका वेला मधेशी मोर्चा र एकिकृत माओवादीवीच भएको ४ बुँदे सहमति अनुसार सरकार रत्तीभर नचलेकाले सरकारमा अब पनि बस्नुको कुनै औचित्य नभएको तर्क गर्नु भयो ।  भण्डारीले ४ बुँदे सहमति देशकै हितका लागी गरिएपनि सरकार र माओवादीले त्यसको कार्यान्वयनमा चासो नदिएको आरोप लगाउनु भयो ।
पूर्व रक्षामन्त्री समेत रहेका भण्डारीले प्रमुख तीन दलले व्यवस्थापिका-संसदलाई बन्धक बनाएको आरोप लगाउनु भयो । उहाँले प्रमुख तीन दलका नेताहरुवीच बढेको वैमनश्यताका कारण मुलुक जटिलतातर्फ फस्दै गएको जिकिर गर्नु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक