20120207

प्रचण्ड र गच्छदारवीच ‘हेलिकोप्टर र एपीसी खरिद गर्दा कम्तीमा ७० करोड कमिसन सहमति !

नियतै खोटो भएपनि मान्छेले जतिसुकै संकटमा पनि खाने दाउ लगाउन खोज्दोरहेछ । मुलुक संकटमा परिरहेका बेला ब्रान्डेड भ्रष्टाचारीको छवि बनाएका उपप्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीसमेत रहेका बिजयकुमार गच्छदारले भने सेनाका लागि किन्न लागिएको हेलिकोप्टर र एपीसीमा ठूलै रकम कुम्ल्याउने प्रपञ्च गरेका छन् । दशौं करोड खर्च गरेर किनिएको प्रचण्डको नयाँ निवास लाजिम्पाटमा हालै प्रचण्ड र गच्छदारवीच कमिसन बाँडफाँटको सहमति भएको बुधबार प्रकाशित घटना र बिचार साप्ताहिकले छापेको छ । सैन्य प्रयोजनका लागि हेलिकोप्टर खरिद गर्न रक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको फाइल प्रचण्डका धर्मपुत्र समान अर्थमन्त्री बर्षमान पुनले रोकिदिएपछि दुई नेतावीच कमिसन बाँडफाँटको कुरा
मिलेको हो । सूत्रको दावी छ- ‘हेलिकोप्टर र एपीसी खरिद गर्दा कम्तीमा ७० करोड कमिसन आउँछ ।’ गच्छदारनिकट सुत्रले दिएको जानकारीअनुसार खरिद प्रकृयाका लागि एजेण्ट छान्ने काम भइसकेको छ । एजेन्टसहित छिटै प्रचण्ड र गच्छदारको फेरि वैठक वस्ने समाचारमा उल्लेख छ । कमिसनबापतको रकम बाँडेर लिने बिशेष साझेदारी दुई नेतावीच भएको समाचारमा उल्लेख छ । करोडौको खरिद हुन लागेको सूचना पाएका गच्छदारले चलाख सरतसिंह भण्डारीलाई छल्न नसकिने टुंगोमा पुगेपछि मधेस बिबादमा पदमुक्त गराएको र आफैले रक्षा मन्त्रालयको जिम्मा लिएको समेत समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक