20120216

मलेशियाको एक अदालतले आफ्नै साथीको हत्याको आरोपमा एक नेपालीलाई १८ वर्षको जेल सजाय सुनायो !

मलेशियाको एक अदालतले आफ्नै साथीको हत्याको आरोपमा एक नेपालीलाई १८ वर्षको जेल सजाय सुनाएको छ । सेलाङर राज्यको शाहआलम हाईकोटले बिहीबार ओखलढुंगाका सार्कीधन पुलामी मगरलाई १८ वर्ष जेल सजाय सुनाएको हो । उनले पाँचथरका चन्द्रवहादुर दर्जीको छुरा प्रहार गरी हत्या गरेका थिए । उनले जानीजानी हत्या गर्ने नियतले नभईकन मादक पदार्थको सेवन गरी होस गुमाएपछिसाथीको हत्या गरेको अदालतमा बयान दिएका थिए । होस्टलभन्दा वाहिर मादक पदार्थ सेवन गरी झगडा गरी फर्किएका सार्किधनले कोठामा आई चक्कु लिएर वाहिर निस्कन चन्द्रबहादुरले रोकेपछि उनलाई नै छुरा प्रहार गरेका थिए । गत १३ जुन २०१० मा हत्या गरेका सार्किधनले यस अघि पटक पटक अदालतमा वयान दिएका थिए । मलेशियामा हत्या गर्ने नियतले हत्या गरेको देखिन आएमा फासिको सजाय हुन्छ भने आत्मरक्षाको लागि हत्या गरेको देखिन आएमा जन्मकैदको सजाय हुने कानुनी व्यवस्था रहेको छ । यसैबीच भारतिय मुलका नागरिक रानी एपि मुनुसामीको हत्या अभियोगमा
परेका अर्घाखाँचीका सुरजबहादुर सुनारले भने सफाई पाएका छन् । नेपालमा रहँदा मानसिक सन्तुलन गुमाएको र उपचार गरेको चिकित्सकले बताएपछि उनले सफाइन पाएका हुन् । पाटन अस्पतालका डा. सुरेन्द्र शेरचन समेत अदातलमा उपस्थित भएर सुनारको वारेमा बताएका थिए । हाल सुनारलाई स्वास्थ परिक्षणको लागि जोहोरको मानसिक अस्पतालमा लगिएको छ । जोहोर अस्पताले ठिक ठहर्‍याएपछि सेलाङर राज्यको राजाकहाँ सिफारिस गरेपछि उनी नेपाल र्फकन पाउने भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक