20120216

बाबुराम कमरेड यदी तपाईंसँग नैतिकता भन्ने कुराको मात्र न सम्म छ भने प्रधानमन्त्रीबाट तुरुन्त राजिनामा दिनुपर्ने होइन र भन्या !?

तपाईं र तपाईंका मन्त्रीले गरेका हरेक काम अबैध भन्दै सर्बोच्च अदालत ले कती पटक रोक्यो हिसाब राक्नुभा छ महासय ??   
जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजका आधारमा नागरिकता बाड्न गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । बादी र प्रतिवादीसँगको छलफलपछि न्यायाधीशद्धय भरतराज उप्रेती र भरतबहादुर कार्कीको सयुक्त इजलासले मुद्धाको अन्तिम टुङ्गो नलाग्दासम्म परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो । गृह मन्त्रालयले जन्मका आधार २०६४ सालमा नागरिकता पाएकाको सन्तानलाई अब वंशजका आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
दिएको थियो । ४६ सालअघि नेपालमा जन्मिएका करिव १ लाख ७२ हजारले दोस्रो जनआन्दोलनपछि जन्मका आधारमा नेपाली नागरिकता लिएको मन्त्रालयले जनाएको छ । गृहको परिपत्र अन्तरिम संविधान र नागरिकता ऐन विवपरित भएको दावी गर्दै अधिबक्ताहरु श्रीप्रकास पण्डित, बालकृष्ण न्यौपाने र बबिता वस्तीले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक