20120217

यस्तो समाचार पनि सुन्नु पर्ने हेर्नुस् त ! : बाउले मारे आफ्नै तीन छोरी, ८५ बर्सिय हजुर आमा बलात्‍कृत !

 मकवानपुरको फापरबारी ५ बाख्रेखोलाका ३५ वर्षिय भक्तबहादुर रुम्बाले  आफ्ना तीनवटी छोरीको निर्मम तरिकाले हत्या गरेका छन् ।  गएराति उनले छोरीहरु ९ वर्षिया अनितामाया, १० वर्षिया सुनितामाया र १२ वर्षिया लक्ष्मीमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ । रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । उता नेपालगन्ज नगरपालिका वडा नम्बर १२ नयाँवस्तीकी एक ८५ वर्षिया वृद्धाको बलात्कार भएको छ । स्थानीय हरिजन थरकी वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ३५ वर्षिय भिमसिंह ठाकुरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक उदय तामाङ्गका अनुसार ठाकुरलाई स्थानीयबासिन्दाले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । बुधवार दिउसै घरको बरण्डाको खटियामा रहेकी वृद्धालाई मुखमा कपास कोचेर ठाकुरले वलात्कार गरेको डिएसपी तामाङले बताउनुभयो । प्रहरीले पक्राउ गरेका ठकुरीलाई जवरजस्ती करण अन्तर्गत मुद्धा चलाउने जनाएको छ । बाँकेमा एकमहिनाभित्रै भएको बलात्कारको यो दोस्रो क्रुर अपराधको घटना हो ।यसअघि गएको माघ ८ गते आफ्नै साली नाता पर्ने १० वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा बाँके सितापुर ५ सत्ताइसधुरीका कुमार परियारलाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौंलाई विश्वकै सस्ता सहरको सूचीमा समावेश
यसै बिच प्राप्त एक अर्को समाचार अनुसार  एक अध्ययनले भने काठमाडौंलाई विश्वकै सस्ता सहरको सूचीमा समावेश गरेको छ । भारतको ईकोनोमिक ईन्टेलिजेन्स यूनिटले गरेको कस्ट अफ लिभिङ  अर्थात जीवन यापनको लागत अध्ययन अनुसार काठमाडौं विश्वका सस्ता सहरको सूचीमा छैठौँ स्थानमा छ । पाकिस्तानको
कराँची सबैभन्दा सस्तो सहरको सूचिमा एक नम्बरमा छ । यस्तै सस्ता सहरमा क्रमशः भारतको मुम्बई, ईरानको तेहरान र भारतको नयाँ दिल्ली तथा साउदी अरेबियाको जेदाह छन् । काठमाडौंसँगै पनामाको पनामा सिटी छैठौँ नम्बर मै छ ।  सबै भन्दा महङ्गा सहरको सूचीमा भने स्वीट्जरल्याण्डको जुरिच पहिलो नम्बरमा छ । जापानको राजधानी टोकियोलाई उछिन्दै जुरिच सबैभन्दा महङ्गो सहरमा उक्लिएको हो । टोकियोपछि स्वीट्जरल्याण्डकै जेनेभा, जापानको ओसाका, नर्बेको ओस्लो, फ्रान्सको पेरिस, अस्ट्रलियाको सिड्नी महंगा सहरको सूचीमा छन् । यस्तै अस्ट्रेलियाको मेलबर्न, सिंगापुरको सिंगापुर र जर्मनीको फ्रयांकफ्रट मंहगा सहर हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक