20120217

एमालेलाई बारम्बार खेलाइरहेको प्रयोग गरिरहेको माओवादीद्वारा अब काङ्रेस लाई खेलाउने / प्रयोग गर्ने रणनिती, काङ्रेसले नबुझे बर्बाद !

माओवादीलेनै सदन चल्न नदिने चेतावनी 
माओवादी नेता कृष्णबहादुर महराले संविधान बन्नु अघि नै सत्ता समीकरण परिवर्तन हुने र त्यो माओवादी र कांग्रेसबीच हुने बताएका छन् । शुक्रवार गृहजिल्ला आएका महराले पत्रकार भेटघाटमा शान्ति र संविधान निर्माणका लागि नयाँ सत्ता समीकरण गर्न आवश्यक भएको बताए । सत्ता समीकरणपछि अहिले अवरुद्ध भएका प्रगति अघि लैजान सकिने सम्भावना रहेको उनले बताए । 'नयाँ प्रकारको सत्ता समीकरणले शान्ति र संविधान निर्माणका लागि सहयोग पुर्‍याउँछ,' पत्रकार महासंघ रोल्पाले आयोजना गरेको भेटघाटमा महराले लामो समय यता कांग्रेस र माओवादी सँगै सत्तामा नगएकाले यी दुई पार्टी बीच सत्ता समीकरणको संभावना देखिएको बताए । माओवादी भित्रको विवाद तत्कालका लागि समाधान भइसकेको बताउँदै उनले पार्टीका नेताहरुले शान्ति र संविधानका लागि हाललाई आन्तरिक विवाद टुङ्ग्याउने सहमति गरेको जानकारी दिए । पार्टी भित्रका विवादलाई आपसी सहमतिमा मिलाएर सेना समायोजन र नयाँ संविधान निर्माण पार्टीको ध्यान केन्दि्रत गर्ने सहमति भएको उनले बताए । माओवादी सीपी गजुरेलले सरकारले सुपुर्दगी र सम्पति शुद्धीकरण लगायत तीन विद्येयक अनुमोदनका लागि संसद् बैठकमा पेश गरे माओवादीले नै सदन चल्न नदिने चेतावनी दिएका छन् ।रिपोर्टर्स क्लवमा शुक्रबार सचिव गजुरेलले आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको
सरकारले त्यस्ता विधेयक ल्याएमा संसदको बैठक नै अवरोध गर्ने चेतावनी दिएका हुन् । उनले सम्पति शुद्धीकरण र सुपुर्दगी जस्ता विधेयक राष्ट्रघाति भएकोले त्यस्ता विधेयक पारित हुन नदिन माओवादी स्थायी समितिको २९ माघको बैठकले नै निर्णय गरेको खुलासा समेत गरे।
'सम्पति शुद्धीकरण र सुपुर्दगी जस्ता विद्येयक यदि सरकारले सदनमा छलफलको लागि पेश गरेमा हामी नै संसद चल्न दिदैनौं, सचिव गजुरेलले भने, 'त्यो विधेयक पेश भएमा सदन बहिस्कार गरेर भाग्दैनौं, त्यसलाई असफल बनाइदिन्छौं ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक