20120217

जात जातीका आधारमा, सँघियताका नाममा नेपाललाई टुक्र्याउने र बाइसे चौबिसे राज्य जस्तै बनाउने कुराका नायक प्रचन्डलाई आफ्नो चितवनको माया लागेछ बा !

राष्ट्रपतिले 
बडो भावुक हुँदै 
भने
" यो राष्ट्रको अखण्डता, 
एकतालाई बरकरार राख्‍न सक्छु वा सक्दिन ?"
जसो पनि बोल्ने, बोली र व्यबहारको कुनै ठेगाना नभएका पिपल पाते, नाटक गर्न पनि माहिर नेपालका महान राजनीतिक कलाकार भनेर चिनिने प्रचन्डले भने "राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा चितवनलाई चार प्रदेशमा विभाजन गरिए पनिम चितवन टुक्र्याउन दिन्न !"
जसो पनि बोल्ने, बोली र व्यबहारअको कुनै ठेगाना नभएका पिपल पाते, नाटक गर्न पनि माहिर नेपालका महान कलाकार भनेर चिनिने  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई कुनै हालतमा पनि टुक्राउन नदिने बताउनुभएको छ । पश्चिम चितवनको पटिहानीमा शुक्रबारदेखि सुरु भएको पटिहानी पर्यटन महोत्सव-२०६८ को उदघाटन गर्दै प्रचण्डले राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा चितवनलाई चार प्रदेशमा विभाजन गरिए पनि आफूले चितवन टुक्रन नदिने बताउनुभयो । यसअघि जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले उहाँलाई जिल्ला टुक्रन लागेको भन्दै टुक्रन नदिन ज्ञापनपत्रसमेत बुझाएका थिए । उहांँले शान्ति र संविधान टुङ्गोमा पुर्‍याउन माओवादी कटिबद्ध रहेको भन्दै लडाकूहरुको स्वेच्छिक अवकाश सकिएको र राजनीतिक सहमतिअनुसार १५/२० दिनभित्रमा सेना समायोजन कार्य टुङ्गिने र त्यसपछि संविधान निर्माणको कार्यलाई तीव्रता दिने बताउनुभयो । जनताले चाहेजस्तो संविधान बनाउनु अहिलेको मुख्य जिम्मेबारी रहेको भन्दै उहाँले सबै दलहरु एकजुट भएर अघि बढ्नुको विकल्प
नभएको बताउनुभयो ।कार्यक्रममा कांग्रेसका नेता डा रामशरण महत र एमाले नेता भरतमोहन अधिकारीले चितवन टुक्रन नदिन चितवनबासीले खेलेको भूमिकाको सराहना गर्दै टुक्रन नदिन गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो ।
राष्ट्रपति डा. रामवरण यादवले आफू देशको अखण्डता कायम राख्‍ने फाइनल परीक्षामा रहेको बताएका छन्। उनले राष्ट्राध्यक्षका हैसियतले राष्ट्रिय स्वाधीनता बचाइराख्‍ने आफनो दायित्व भएको बताए।'मेरो त फाइनल परीक्षा जस्तो छ,' शुक्रबार तानसेनमा पश्चिमाञचल औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवम् पर्यटन महोत्सव ०६८ को उदघाटन गर्दै राष्ट्रपतिले भने- यो राष्ट्रको अखण्डता, एकतालाई बरकरार राख्‍न सक्छु वा सक्दिन ?' उनले बडो भावुक हुँदै भने- उपलब्धिलाई संस्थागत गर्दै देशको कोअर्डिनेशन गर्दै इतिहासको हरफमा केही योगदान गरेको लेखाउने मेरो चाहना छ।' उनले थपे- यो राष्ट्राध्यक्ष भएथ्यो, यसले राष्ट्रको अखण्डता स्वाधीनतालाई बचाएराख्यो, बिगारेन, बनायो भन्ने इतिहास रहोस् भन्ने मेरो चाहना छ, मलाई आशीर्वाद दिनूस्।'जल, जङ्गल र जडीबुटीद्वारा दुई चुनाव, तीन चुनाव हुँदै दश वर्षमा देश कायापलट गर्न सकिने पनि उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक