20120229

माओवादी अध्यक्ष पुष्पकमल दाहालले लाजै पचाएर "शान्ति र संविधानको विरोधी काँग्रेस र एमाले भएको" आरोप लगाए

माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको विरोधी काँग्रेस र एमाले भएको आरोप लगाएका छन्‌। माओवादी शान्ति र संविधानप्रति प्रतिबद्ध रहे पनि काँग्रेस र एमालेका कारण संविधान लेखन कार्य ओझेलमा परेको उनको कथन थियो। पर्साको सूवर्णपुरमा आज सहिद स्मारकको अनावरण गर्दै अध्यक्ष दाहालले माओवादी शान्ति र संविधानका लागि अत्यन्तै लचिलो बनेको दाबी गर्दै संविधान जारी गर्नका लागि पनि माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे। संविधानसभाको माग गर्ने माओवादी नयाँ संविधानको विरोधी हुनै नसक्ने जिकिर गर्दै उनले चितवनबाट आएर अस्थायीरुपमा सो क्षेत्रमा बसोवास गर्ने नागरिकको लागि लालपूर्जा दिलाउन पनि आफूले प्रयास गर्ने उल्लेख गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक