20120229

चरेश काण्डका नाइके उपराष्ट्रपति परमानन्द झा ले बिबादास्पद अभिब्यक्ती दिँदै र भ्रस्टाचारीको पक्षमा, सर्बोच्च अदालतको बिपक्षमा बोल्दै यसो भने !

चरेश काण्डका नाइके, न्यायाधिश हुँदा अत्यन्त भ्रस्ट र गन्हाएको ब्यक्ती, हिन्दी भाषामा सपथ खाने नेपाली खलपात्र, तर नयाँ नेपालको लोकतन्त्र/ गणतन्त्रले उपराष्ट्रपति बनाइदिएर नेपालीको शिर झुकाइदिएका परमानन्द झाले बिबादास्पद अभिब्यक्ती दिँदै र भ्रस्टाचारीको पक्षमा, सर्बोच्च अदालतको बिपक्षमा बोल्दै भने "जेपी गुप्ताको कारबाहीलाई बेमौसमको बाजा"

उपराष्ट्रपति परमानन्द झाले राजनीतिक दलहरुले जनता र राष्ट्रप्रति चिन्तित भएर दलगत स्वार्थ भन्दा पनि माथि उठेर शान्ति र संविधान निर्माणमा लाग्नुपर्ने बताएका छन्। उनले जेपी गुप्ताको कारबाहीलाई बेमौसमको बाजाको सङ्ज्ञा पनि दिए। विराटनगर विमानास्थलमा बुधबार अपराह्न संवाददाताहरुसित कुरा गर्दै
उपराष्ट्रपति झाले राजनीतिक दलहरु जनता र राष्ट्रप्रति गम्भीर भएर नलाग्दा शान्ति र संविधान निर्माण नहुने हो कि भन्ने जनतामा शङ्का रहेकाले नेताहरुले दलगत स्वार्थ त्याग्नुपर्ने बताए। उनले शान्ति र संविधान निर्माणका कार्य सुस्त गतिमा भए पनि राजनीतिक दलहरुले अगाडि बढाइरहेकाले निर्धारित समयमा संविधान बन्न सक्ने सम्भावना रहेको बताए। उनले शान्ति र संविधान निर्माणलाई सहमतिबाट अगाडि बढाउने समयमा सरकारले मन्त्री पदमा रहेका जेपी गुप्ताको दश वर्षअघिको मुद्दा ब्युँताएर ‘बेमौसमको बाजा’ बजाएको बताए।
उपराष्ट्रपति झा गृह जिल्ला सप्तरीको कञ्चनपुरमा बिहीबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आएका हुन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक