20120301

नेपालमा यस्तो पनि हुन्छ : भेरी अञ्चल अस्पतालका चिकित्सकले सुत्केरी हुँदा एक महिलाको गुप्तांग पूरै सिलाइदिए ! अस्पतालले गल्ती स्विकार्दै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ !

भेरी अञ्चल अस्पतालका चिकित्सकले सुत्केरी हुँदा एक महिलाको गुप्तांग पूरै सिलाइदिएछन् । पिसाब फेर्नसमेत गाह्रो महसुस भएपछि उनलाई कोहलपुरस्थित जीवनज्योति मेडिकल हल पुर्‍याइयो । त्यहाँका चिकित्सकले भने, 'योनी सिलाइएको रहेछ । 'पुस १९ गते उनी 'नर्मल' सुत्केरी भएकी थिइन् । १७ वर्षकै उमेरमा सुत्केरी भएकाले योनी केही च्यात्तिएको भन्दै स्वास्थ्यकर्मीले टाँका लगाइदिएका थिए । 'पिसाबमात्र गर्न मिल्ने गरी टाँका लगाइएको रहेछ,' उनका पतिले भने, 'पिसाब फेर्न पनि असजिलो भएपछि अस्पताल आउँदा सञ्चो हुन समय लाग्ने भन्दै फर्काइदिए ।' झन् अप्ठ्यारो भएपछि उनलाई मेडिकल लगिएको हो । त्यहाँका स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अञ्चल अस्पताल पठाइदिए । अस्पतालले गल्ती स्विकार्दै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । शल्यक्रिया गर्न उनी बुधबार अस्पताल भर्ना भएकी छन् ।  'अन्जानवश यस्ता घटना हुन्छन्,' अस्पताल प्रमुख डा. नरेन्द्रकुमार रायले भने । युवतीको परिवारले लापरबाही गर्ने चिकित्सकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति माग गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक