20120306

नेपालकै बेइज्ज्यत : माओबादीको मान्छे मार्ने, कुट्ने, लुट्ने, अपहरण गर्ने बिस्वबिद्यालय बाट अपराध बिषयमा बिद्याबारिधी गरे पनि पढ्ने लेख्ने काममा बुढी औलाकै सहायता चाहिने यी महान विद्वान मन्त्रीलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ !

छ सय एक सभासद्का बारेमा त तपाईंलाई थाहानै छ भनिरहनु पर्दैन । तर भट्टराई सरकारका आधा सय मन्त्री मध्ये कतिपय यस्ता पनि मन्त्री छन जसलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ । केही समय अघी सँसदमै पेस्तोल बोकेर पुगेका र हँगामा मच्चाएका, बाबुराम भट्टराईका सन्काहा र हावा मन्त्री भनेर चिनिने पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले अहिले नेपालकै  इज्जत फालेका छन । भिसै नलिई विदेश उडेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट अझै युएईको आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट मै बस्न बाध्य भएका छन्। सुरुमा उनलाई 'डिपोर्ट' गरिने खबर आए पनि कुटनीतिक प्रयासले उनी मन्त्री रहेको पुष्टि भएपछि त्यहाँका अध्यागमन अधिकारीहरुले उनलाई ट्रान्जिट होटलमा बस्न दिएको छ। कुटनीतिक (रातो) पासपोर्ट बोकेका मन्त्री विष्टले जर्मनीको भिसा लिएका थिएनन्। जुन देशमा जानु पर्ने हो त्यो देशको भिसा नदेखिएपछि आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले उनलाई नियन्त्रणमा लिएको थियो। युएईस्थित उपनियोगका प्रमुख दीपक अधिकारीले भने, 'भिसाका कारण समस्या रहेको देखियो।' मन्त्री विष्ट बुधबारदेखि आउँदो आइतबारसम्म जर्मनीको बर्लिनमा आयोजना हुने ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिनमा भाग लिन हिजो दिउँसो इत्तेहाद एअरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका थिए।  माओबादीको मान्छे मार्ने, कुट्ने, लुट्ने, अपहरण गर्ने बिस्वबिद्यालय बाट अपराध बिषयमा बिद्याबारिधी गरे पनि पढ्ने लेख्ने काममा बुढी औलाकै सहायता चाहिने यी महान विद्वान मन्त्रीलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ भन्दा उनलाई त के नै लाज लाग्छ होला र ! तर हामी नेपाली जनतालाई भने अबस्य लाजले शिर निहुरियो । आची गर्ने लाई भन्दा देख्ने लाई लाज भन्ने उखान त्यसै बनेको रहेनछ बा भनेर यो बिर्खे पनि आज दंग पर्‍यो र सम्झ्यो जिरे खुर्सानीको थेगो र मनमनै भन्यो "ए दुवा तिर्की, बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ  भन्ने सम्म पनि थाहा रहेनछ है तिमीलाई मन्त्री हुँदा पनि !! प्वाक्क मुखमा हान्नु जस्तो !!!!!"     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक