20120306

पोखरामा एउटा कहाली लाग्दो दु:खद घटना : दुई छोरी सहित आफुलाई पनि आगो लागाएर मारिन आमाले !

लेखनाथ नगरपालिकामा एक जना महिलाले आफू समेत दुई छोरीलाई आगो लगाएर मारेकी छन् । प्रहरीका अनुसार सोमबार राति ३२ वर्षीय सीता ओझाले दुई छोरी सहित आफूमाथि मट्टितेल खन्याएर आगो लगाएकी  हुन् । राति १ बजे दुई छोरी सुतेको स्थानमा पुगेर आमा सीताले मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । १३ वर्षीइ जेठी छोरी सीमानाको घट्नास्थलमै, आमा सीताको गण्डकी अस्पतालमा तथा ८ वर्षीया कान्छी छोरीको मणिपाल अस्पतालमा निधन भएको छ । मृतक सीताले सिसुवा चोकमा कोल्ड स्टोर चलाउँदै आएकी थिइन । प्रहरीले सीताका श्रीमान शिवलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक