20120311

फौजदारी अभियोग लागेका ब्यक्तिलाई उन्मुक्ति दिने, मुद्दा फिर्ता निर्णय बदर गर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

फौजदारी अभियोग लागेका ब्यक्तिलाई उन्मुक्ति दिने गरि नेपाल सरकारले १५ फागुनमा गरेको मुद्दा फिर्ता निर्णय बदर गर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले देशका बिभिन्न अदालतहरुमा बिचाराधिन ३४ थान मुद्दा फिर्ता गैरकानूनीरुपमा लिएको भन्दै अधिबक्ता माधवकुमार बस्नेत, लिलाराज कोइराला, बिनोद फुयाँल र सुरेन्द्र प्रसाद बढुले संयुक्तरुपमा रिट दायर गरेका छन् । १५ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण, डाँका, डाँकाचोरी, आगजनी, र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा फिर्ता लिएको र फिर्ता लिइएका सवै गैरकानुनी भएको जिकिर रिटमा गरिएको छ । मन्त्रिपरिषदको बैठकले गोप्यरुपमा मुक्तीनाथ अधिकारीको हत्या गर्ने ब्यक्ति देखि डाँका
अभियोग लागेका प्रधानमन्त्री बाबुराम भट्टराई माओवादी अध्यक्ष पुष्पकमल दाहाल सम्मको मुद्दा फिर्ता लिएको थियो । सरकारले द्धन्दकालमा राजनीतिक आस्थाका आधारमा चलाइएका मुद्दा भन्दै ३ सय ६७ जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । रिटमा यी मुद्दा राजनीतिक प्रकृतिका मात्र नभई नितान्त अपराधसंग सम्बन्धीत भएको जिकिर गरिएको छ । कानुनी आधार भन्दा पनि राजनीतिक आधारमा मुद्दा फिर्ता लिदा राजनीति पहुँच भएका राजनीतिक कार्यकर्ता बिद्यमान कानून भन्दा माथी हुने र राजनीतिक पहुँच नभएका थप पीडित बन्दै जाने स्थिति आउने रिटमा दावी गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक