20120314

माओवादीको अर्को नौटँकी हेर्नुस् : माओवादी लडाकूका कमाण्डरहरुले शान्ति प्रक्रिया नै भङ्ग हुने चेतावनी दिए !!!

माओवादी लडाकूका कमाण्डरहरुले नेपाली सेनामा मेजर पदसम्म मात्र दिए समायोजनमै नजाने चेतावनी दिएका छन् । सातुबँदे अनुसार नै लडाकू समायोजन हुने र मेजर पद मात्र दिने सहमति भएको समाचार सार्वजनिक भएपछि समायोजन रोजेका लडाकूहरुले सेनामा जाँदा मेजर मात्र पाउने भए कोही पनि समायोजनमा नजाने र शान्ति प्रक्रिया नै भङ्ग हुने चेतावनी दिएका हुन् । पाँचौ डिभिजन रोल्पाका कमाण्डर यमबहादुर अधिकारी ‘प्रतिक्षा’ले पार्टी नेतृत्वले मेजर मात्र पाउने अवस्थामा कोही पनि समायोजनमा नजाने बताउनु भयो । उहाँले भन्नुभयो-’मेजरमा समायोजनमा जाने सहमति भएको छैन । यदि त्यस्तो सहमति भयो भने पनि मान्दैनौं, बरु फेरि लड्न जान तयार छौं ।’

लडाकू कमाण्डरहरुको दबावपछि माओवादी नेतृत्वले कमाण्डरहरुको बैठक बोलाएको छ । ‘मेजर मात्र पाउने भन्ने समाचार सार्वजनिक भएपछि साथीहरुमा आशंका उब्जिएको छ’ माओवादी अध्यक्ष प्रचण्ड निकट रहेका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नभुयो-’यसबारे छलफल गर्न बैठक बोलाइएको छ ।’ उहाँका अनुसार भोलीसम्ममा लडाकूका कमाण्डरहरु काठमाडौं आइपुग्ने र बैठकले लडाकू समायोजनबारे पार्टीको बटमलाइन तय गर्नेछ । माओवादीले समायोजनमा जाने लडाकूहरुलाई बि्रगेडियर जनरलको दावी गर्दै आएको छ । उहाँले भन्नुभयो-’हाम्रो अडान अहिले पनि बि्रगेडियर जनरल पाउनु पर्छ भन्ने नै हो ।’ कांग्रेस र एमालेले भने लडाकूलाई मेजरभन्दा माथिल्लो पद दिन नसकिने बताएको छ । सेना समायोजन बिशेष समितिको वैठकमा पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेनाकै प्रस्ताव हुबहु प्रस्तुत गर्नुभएको छ । जसमा उपरथीको नेतृत्वमा महानिर्देशनालय बनाउने उल्लेख छ । यसैबीच स्वेच्छिक अबकास रोजेका लडाकूहरु संगठित भएका छन् । दाङको लमहीमा बुधबार भेला गरेर उनीहरुले छैटौं डिभिजनबाट अवकास लिएका सहायक डिभिजन कमाण्डर निरबहादुर कुँबर ‘बिबेक’ को नेतृत्वमा समन्वय समिति गठन गरेका छन् । ‘शिविरबाट विदा भएको दुई महिनासम्म पनि पार्टीले हामीलाई हेरेन’ पाँचौं डिभिजनबाट अबकास लिएका सहायक डिभिजन कमाण्डर मदनले भन्नुभयो-’पार्टीले नहरेपछि आफ्ना कुराहरु राख्न संगठित भएका हौं ।’ उहाँले अबकासमा जाँदा आफूहरुलाई पार्टीमा भूमिका दिने भनिए पनि अहिले वास्ता नगरेकोआरोप समेत लगाउनु भयो । अबकास रोजका लडाकूहरुले आफ्ना माग पूरा गर्न नेतृत्वलाई दबाव दिने र नभए आन्दोलन गर्नेसम्मको रणनीति बनाएका छन् । भेलामा सहभागीहरुलाई महासचिव रामबहादुर थापा ‘बादल’, नेत्रवित्रम चन्द लगायतले प्रशिक्षण दिनु भएको थियो । बादलले भूमिका परिर्वतन भएको भन्दै नयाँ संघर्षका लागि तयार रहन लडाकूहरुलाई निर्देशन दिनुभयो । भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’लाई बोलाएको भए पनि नआएको मदनले बताउनु भयो । भेलामा ७ वटै डिभिजनबाट अबकास लिएका प्लाटुन कमाण्डरदेखि माथिल्लो तहका करिव ५ सय लडाकूको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक