20120318

‘मेरो बुबा र मलाई ब्यक्तिगत रुपमा जोडेर कांग्रेस र एमालेका अराजक संगठनहरुले कुप्रचार गरे’ प्रकाशले ओक्रोश पोख्दै भने-’त्यो बेला युथफोर्स नामक अराजक जत्था कहाँ थियो ?’

माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश अन्ततः जनताको आक्रोश अघि झुक्दै सरकारी रकम नलिने घोषणा गरे
स्याबास प्रकाश यो निर्णयका लागि, तर अब चन्दा माग्ने, जनतालाई दु:ख दिने होइन नि सगरमाथा चढ्नलाई भन्दै !

सुरुमा तीन करोड माग्दा किन दुई करोड मात्रै दिएको भनेर सरकारविरुद्ध आक्रोश पोख्ने माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश अन्ततः जनताको आक्रोश अघि झुक्दै सरकारी रकम नलिने घोषणा गरेका छन् । पार्टी कार्यालय पेरिशडांडामा पत्रकार सम्मेलन गर्दै पुत्र प्रकाशसहित उनको टोलीका सदस्यहरुले बिरोधकै कारण आफुहरुले रकम नलिने घोषणा गर्न बाध्य भएको बताए । आफ्नो उदेश्य राम्रो भएको र रकम दिनुपनि ठिक भएको दलिल पेश गर्दै उनीहरुले अध्यक्ष प्रचण्डलाई बदनाम गर्ने प्रयास भएकाले मात्र फिर्ता लिने निर्णय गरेको बताए । ‘मेरो बुबा र मलाई ब्यक्तिगत रुपमा जोडेर कांग्रेस र एमालेका अराजक संगठनहरुले कुप्रचार गरे’ प्रकाशले भने- त्यो आपत्तिजनक छ ।’ झलनाथ खनालको पालामा एमाले
सर्मथक कर्मचारीलाई राज्यको ढुकुटीबाट सगरमाथा आरोहण गराइएको दावी गर्दै उनले त्यो रकमपनि फिर्ता गराउन माग गरे । रकम फिर्ताको माग गर्दै सडकमा आन्दोलन गर्ने संगठनहरुप्रति ओक्रोश पोख्दै उनले भने-’त्यो बेला युथफोर्स नामक अराजक जत्था कहाँ थियो ?’ आफ्ना लागि निकाश गर्ने भनेर छुट्टाइएको रकम द्वन्द्वपिडीत घाइतेको उपचारका लागि दिन उनले माग गरे । आफ्नो अभियानले शान्ति र संबिधान कसरी ग्यारेन्टी हुन्थ्यो भनेर चाहिं उनले बताएनन् । अभियानका संयोजक तथा माओवादी केन्द्रीय सदस्य कृष्ण केसीले रत्नपार्कमा तुल टाँगेर  जनताबाट एक-एक रुपैयाँ उठाएर भएपनि यो अभियानलाई सफल पार्ने दावी गरे । अभियान थाल्नुभन्दा पहिले नै आफुले कांग्रेस एमालेका नेताहरुलाई समेत भेटेर जानकारी गराएको र सहयोग गर्ने आश्वासनसमेत पाएको केसीले दावी गरे । सरकारसँग मागिएको रकमबाट अहिलेसम्म सगरमाथा आरोहण गर्ने चार सय जनाको स्मारक बनाउने र आधारशिविरसम्म राजनीतिक नेतालाई लैजाने योजना रहेको उनले सुनाए । प्रायः सवै राजनीतिक दल, तिनका भातृ संगठन र आम जनताले मिडिया र सामाजिक संजालमार्फत बिरोध गरेपछि सरकारी पैसामा सगरमाथा चढ्ने यो टोलीको चाहना तुहिन पुगेको थियो । चौतर्फि बिरोध भएपनि प्रधानमन्त्री बाबुराम भट्टराईले आइतवार बिहान अभियानका संयोजक कृष्ण केसीलाई फोन गरि रकम नलिने घोषणा गर्न आग्रह गरेका थिए । तर पत्रकार सम्मेलनमा केसीले ढाँटे- प्रधानमन्त्रीले किन हतार गरेर फिर्ता गर्ने निर्णय गर्नुभयो, मैले राजनीतिक रुपमा मिलाउने प्रयास गदैथिएँ भन्नुभयो ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक