20120301

'म होइन, हामी भनेर लागौं', देशमा अवश्‍य शान्ति छाउनेछ, नेपाल रहे नेपाली रहने छौं" - पूर्व राजा ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा राष्ट्रियता, सर्वसाधारणको सुरक्षा र प्रजातन्त्र जोखिममा परेको बताएका छन्। बिराटनगरस्थित रत्‍न होटलमा बोल्दै उनले यी तीन महत्‍वपूर्ण कुरामा राजनीतिक दलले ध्यान दिनसके शान्तिप्रकृया छिट्टै टुंगिने बताए। पूर्व राजा शाहले जो जहाँ बसे पनि आ-आफ्नो स्थानबाट शान्तिका लागि योगदान दिनुपर्ने बताए। 'म होइन, हामी भनेर लागौं,' उनले भने, 'देशमा अवश्‍य शान्ति छाउनेछ।'
उनले 'नेपाल रहे नेपाली रहने' भन्दै देशमा जतिसक्दो चाँडो शान्तिको बहाली गर्नुपर्ने स्पष्ट पारे।
होटलमा उनी बोलिरहँदा होटल बाहिर शाहीकालका मन्त्रिमण्डल र समर्थकहरुले 'राजा आउ देश बचाउ', 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए। सुनसरीको भादगाउँ सिनुबारीमा आजदेखि सुरु भएको भविष्य पुराणको उद्‍घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र यहाँ आएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक