20120302

कमरेड बाबुराम र प्रचण्डकै निर्देशनमा एमाले र कङ्रेसलाई झुकाउन र अयोग्य लडाकुलाई फेरी सुबिधा थप्न अनिश्चितकालिन नेपाल बन्द

पटक–पटक बन्द र हडतालले आजित बनेका नेपालीले फेरि फागुन २१ गतेबाट अर्को बन्दको मार खेप्नु पर्ने भएको छ। अझ यसपटकको बन्द एक दुई दिन हो  र? अनिश्चितकालीन हुने बताइएको छ। यसपटकको बन्द अनमिनको प्रमाणिकरणमा नपरेका अयोग्य लडाकुले गर्न लागेका हुन्।  आफ्ना माग पूरा गर्न सरकार र एकीकृत नेकपा माओवादीले बेवास्ता गरेको भन्दै अयोग्य लडाकुले फागुन २१ गतेदेखि अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको हो। पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर नेपाल बन्दको घोषणा गरेको उनीहरूले बताएका छन्। बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय महासचिव कृष्णप्रसाद दंगालले सरकार र पार्टीले आफूहरूलाई ५२ सालको युद्धतिर फर्काउन खोजेकाले बन्दको आह्वान गरेको बताएका छन्। उनले आन्दोलनमाथि दमन भए भूमिगत भएर प्रतिकार गर्ने चेतावनी पनि दिएका छन्। बहिर्गमनमा परेका ४ हजार ८ जना जनमुक्ति सेनालाई कमजोर
नठान्न चेतावनी दिँदै उनले फागुन २१ अघि नै माग पूरा गर्नेतर्फ ठोस कदम चाल्न सरकार र माओवादी पार्टीलाई आग्रह गरे। पटक–पटक सरकार र माओवादीसँग वार्ता गर्दा पनि माग पूरा नभएकाले अब वार्तामा नबस्ने चेतावनी पनि उनले दिए। अयोग्य लडाकुहरूले नेपाल बन्दको लागि देशैभर आफ्ना जनमुक्ति सेनाका लडाकुलाई परिचालन गरिसकेको जनाएका छन्। शान्तिप्रक्रियामा सहयोगी भूमिका निभाउनको लागि शिविर छाडेका उनीहरूले अहिलेसम्म राज्यबाट राहत रकम पाएका छैनन्। लामो समयसम्म शिविर बसाइका क्रममा निरन्तर तालिम गरेका र सैनिक ज्ञान र क्षमताभएका लडाकुलाई सही व्यवस्थापन गर्न नसके राज्यले ठूलो मूल्य चुकाउनु पर्ने उनीहरूले चेतावनी
दिएका छन्। तिमीहरु आन्दोलन का कार्यक्रम घोषणा गर हामी एमाले कङ्रेस लाई गलाउँछौं र तिमिहरुलाई राज्य बाट सुबिधा दिलाउँछौं भनेर भित्र भित्रै तिग्डम र नाटक गर्दै प्रचन्ड र बाबुरामले आफ्ना अयोग्य लडाकुलाई निर्देशन् दिए पछी यो आन्दोलन को घोषणा भएको स्वयम अयोग्य लडाकुकै नेताहरुले बाताएका छन ।    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक