20120330

गए राती ३ जनाको हत्या अर्का एक वेपत्ता !

दार्चुलाको रानीशिखर गाविसमा ३ जनाको हत्या भएको छ भने अर्का एक वेपत्ता भएका छन् । रानीशिखर गाविसका २२ वषिर्य पार्वतीदेवी भट्ट, १६ वषिर्य सरिता भट्ट र ५ वषिर्य सुनिल भट्टको शब गोकुलेश्वर गाविसको कठपत्यामा रहेको चमेलिया नदीमा शुक्रबार दिउँसो भेटिएको हो । मृतक पार्वती र सुनिल आमा छोरा हुन् भने सरिता आफन्त हुन् । तीनै जनाको रानीशिखर गाविस वडा नम्बर ६ का धनजीतसिह ठगुन्नाले गएराती पार्वतीको घरमा पसेर अपहरण शैलीमा ४ जनालाई लगेको स्थानीय तुलसी भट्टले बताउनुभयो । सँगै लगेका अर्का अढाई वषिर्या बालक वेपत्ता छन् । उनीहरुलाई लैजाने ठगुन्ना पनि वेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले नजाएको छ । प्रहरीले तीन जनाको हत्यामा ठगुन्नाकै हात रहेको हुन सक्ने आशंका गरेको छ । 
"सुकुम्बासी बिरोधी त प्रचण्ड नै रहेछन्" 
 ‘प्रचण्डको छोराले देश र जनताको लागि के काम गरेको थियो र उसलाई सगरमाथा चढ्न राज्यले तेत्रो २ करोड दिने निर्णय भयो । प्रचण्डको चाहिं हिजो के थियो र आज चाहि त्यत्ति महंगो महलमा राजशी ठाँटले बस्ने हैसियत भयो ? के त्यो हामी गरिव नेपाली जनताले तिरेको तिरो होइन ? सुकुम्बासी बिरोधी त प्रचण्ड नै
रहेछन् ।’ शुक्रबार नेपाल महिला एकता समाजले राजधानीमा गरेको अन्र्तक्रिया कार्यक्रममा बाग्मती किनारमा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासी महिलाहरुले पोखेको आक्रोश हो यो । सरकारले आफुहरुलाई गैरनेपाली नागरीक सरह ब्यवहार गरेको समाजकी अध्यक्ष बिमला तामाङले बताइन् । सरकारले बाग्मती नदी किनारका सुकुम्बासीहरुलाई बिना बिकल्प उठिबास गर्न लागेको भन्दै उनले सरकारले आफुहरुलाई गैरनेपाली नागरीकको बेबहार गरेको आरोप लगाइन् । उनले भनिन्-के सुकुम्बासी बस्तीका मानिसले राम्रो र नायाँ लुगा लगाउनै नहुने ? सुकुम्बासीले टालेकै लुगा लगाउनु पर्ने ? सुकुम्बासीले चाहिं भोकै बस्नुपर्ने ?’ उनले सुकुम्बासी बस्तीमा केहि हुने खानेहरु पनि भएकाले त्यस्ता हुकुम्बासीलाई तत्काल सत्यतथ्य रुपमा छानबिन गरि बास्तबिक सुकुम्बासीहरुलाई सरकारले बिकल्प दिएर मात्रै उठाउन आग्रह गर्नुभयो । महिला एकता समाजकी महासचिव धना लामाले बाग्मती नदि किनारका सुकुम्बासी बस्ती व्यबस्थापनको निम्ति शहरी विकास तथा भवन निर्माण बिभागद्धारा तयार गरिएको कार्य नीति तुरुन्त पास गरि कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुभयो । समाजले सरकारी निकायबाट सुकुम्बासी बस्तीहरुको बस्ती सुधारका उचित योजना तय गरिनुपर्ने र योजनामा सुकुम्बासीलाई संलग्न गराइनुपर्नै माग समाजको छ । आफुहरुको मागप्रति सरकार बेखबर बने आन्दोलन गर्ने समाजको चेतावनी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक