20120303

पिटर डब्लु बोड्डी नेपालको नयाँ अमेरिकी राजदूत

अमेरिकी राष्ट्रपति बाराक ओवामाले पिटर डब्लु बोड्डीलाई नेपालको नयाँ राजदूत प्रस्ताव
अमेरिकी राष्ट्रपति बाराक ओवामाले पिटर डब्लु बोड्डीलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेका छन् । नेपालस्थित राजदूतावासले दिएको जनाकारी अनुसार उनको यो प्रस्ताव सिनेटले पारित गरेपछि उनी नेपालका लागि नयाँ अमेरि की राजदूत हुनेछन् । उनले यसअघि दुई पटक नेपालमा बसेर काम गरिसकेका छन्।अहिलेका नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसी डेलिसी भने युगान्डाका लागि राजदूत हुने कुरा बताईएको छ । प्रस्ताव गरिएका राजदूत बोडेइ अहिले असिस्टेन्ट चिफ अफ मिसनका रुपमा अफगानिस्तानमा कार्यरत रहेका छन्। उनले यसअघि जर्मनी, बुल्गेरिया, भारत डेनमार्क आदी ठाउँहरूमा काम गरिसेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक