20120401

अमेरिका नेपाल टेलिभिजनलाई हार्दिक स्वागत, संचालकहरुलाई बधाई तथा हार्दिक शुभकामना

मेरो अत्यन्त मिलनसार सहकर्मी पत्रकार साथी, नेपालको टेलिभिजन पत्रकारिता ईतिहासकी एक धुर्बतारा रमा सिंह, मेरा मित्र कुशल प्रसाशक हेमन्त श्रेष्ठ, साहित्यकार/कलाकार गोबिन्द सिंह रावत, मेरो अभिन्न मित्र एबम अन्तराष्ट्रिय कलाकार मँचका कोसाध्यक्ष कृष्णमुरारी ढुँगेलको सक्रियतामा अमेरिकाबाट यही मार्च ५ तारिख देखी प्रसारणमा आएको  रोकु सिस्टम अन्तर्गत संचालन हुने अमेरिका नेपाल टेलिभिजन लाई हार्दिक स्वागत, संचालकहरुलाई बधाई, सम्पूर्ण नेपाली समुदायबाट यो टेलिभिजनलाई सहयोग हुने कुरामा हामी बिस्वस्त छौं । नेपाली कला र सँस्क्रिती को लागि यो प्रयास एउटा कोसे ढुङ्गा साबित हुन सकोस हार्दिक शुभकामना हाम्रो तर्फबाट पनि ।
* रामप्रसाद खनाल  अध्यक्ष एबम 
अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार
* www.NepalMother.com 
     तथा निस्पक्ष साप्ताहिक (www.Nispakshya.com)  परिवार 
************************************************************
मान्यबर महोदय,
   लामो समयको प्रयाश पछि गत मार्च ५ तारिखदेखि नियमित रुपमा हामीले भर्जिनीयाबाट अमेरिका नेपाल टेलिभिजन प्रशारण गरि रहेको कुरा सम्भबतः यहाँलाई थाहा भएकै होला । बिशेषगरी अमेरिका र क्यानडामा

बसोबास गरिरहेका नेपालीहरुको खबरलाई संप्रेषण गर्ने, एकअर्कालाई नजिक तुल्याउने, नयाँ प्रतिभाहरुलाई प्रस्फुटन हुन अबसर प्रदान गर्ने र नेपालका ताजा खबरहरुलाई प्रसारण गर्ने उद्धेश्यले संचालन गरिएको यो टेलिभिजन नितान्त आधुनिक प्रबिधिबाट आरम्भ गरिएको छ । यो टेलिभिजन हेर्नको लागि रोकु (Roku Device) नामक एक यन्त्र चाहिन्छ । यो यन्त्र बजारका प्रायः सबै इलेक्ट्रोनिक पसलहरुमा खरिद गर्न पाईन्छ । विभिन्न किसिमका गुणस्तरमा पाईने यी यन्त्रहरुमध्ये लगभग ८० डलरमा पाईने Roku XD खरिद गर्न हामी यहाँहरुलाई सल्लाह दिन चाहन्छौं । हाललाई टेलिभिजन निशुल्क रुपमा परिक्षण प्रशारणका लागि संचालन भईरहेको छ । अमेरिका र क्यानडाका विभिन्न राज्यमा रहेका टेलिभिजन व्यवसायसंग सम्बद्ध थुप्रै महानुभावहरुको सहयोगमा संचालन भईरहेको यो टेलिभिजन यहाँलाई कस्तो लाग्छ ? तपाईको सल्लाह र सुझाबले हामीलाई धेरै ठूलो सहयोग मिल्ने छ । हाल सम्म यो च्यानल सार्वजनिक गरिएिको छैन तर तपाईलाई हेर्नको लागि देहाय बमोजिमको प्राइभेट कोड नम्बर पठाएकाछौं । कृपया आफ्नो घरमा रोकु जडान गरेर हेरी हामीलाई प्रतिकृया दिनु हुन सनम्र अनुरोध गर्दछौं ।

How to add America Nepal Channel?
 
Step 1  Log on to ROKU account
Step 2  Under the private channel tab Enter: 9NJTP

Step 4 Then click " Add channel"
(America Nepal Channel will be automatically added  on the ROKU device)
Step 5. Go back to ROKU device;
Under My channel you will see America Nepal Television Icon; Click America Nepal Television and select install.



Step 6 You all set 
 
Now you can watch America Nepal Television. 
Enjoy...!

For more detail Please visit: www.antvusa.com

Thank you

- America Nepal Television



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक