20120401

अप्रिल एक तारिखको दिनलाई अप्रिल फुल भनेर रमाइलोको लागि एकअर्कालाई झुक्याउने र हाँसीमजाक गर्ने चलन

अप्रिल एक तारिखको दिनलाई अप्रिल फुल भनेर रमाइलोको लागि एकअर्कालाई झुक्याउने र हाँसीमजाक गर्ने चलन छ । तर यसरी झुक्याउँदा धेरैले अनावश्यक हैरानी खेप्नुपरेको र दुर्घटना समेत हुने गरेको भन्दै यसको आलोचना पनि हुने गरेको छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा पनि अप्रिल फूलकै चर्चा छ । ‘संविधान बन्न नसकेपछि सेनाद्वारा कु, ‘वैद्यद्वारा राजनीतिबाट सन्यास’, चन्द्रमामा पुग्ने पहिलो नेपाली, चपली हाइट प्रतिबन्धित जस्ता हेडलाइनले धेरैको फेसबुक वाल भरिएका छन् । यस्तै मुर्ख बनाउनकै लागि नेपालमा फेसबुक बन्द हुने, पेट्रोलको भाउ घट्यो, शक्ति गौचनले राजस्थानबाट खेल्ने निश्चित, आइपीएलका केहि खेल नेपालमा खेलाउने तयारी जस्ता शीर्षक फेसबुक प्रयोगकर्ताले लेखेका छन् । सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल एक तारिख सम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहको रुपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी एकलाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको हो ।अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन शुरु भैसक्दा समेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरुले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस शुरु भएको भनाई छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक