20120405

कक्षा १२ को परीक्षा दिने तयारीमा माओवादी सभाषद र मन्त्री ! एस् एल सी पास मुन्द्रे लाई पनि माथ गर्ने भए बा अब त, कठै देशको बेइज्यत !

पहिला बुर्जुवा शिक्षा भनेर माओवादी आन्दोलनमा होमीदा नपढेको तर अहिले नपढी कामै नभएको महशुस भएपछि पढाईमा समय दिन थालेको शाहको भनाई
यतिखेर सभाषदलाई जेठ १४ भित्रमा संविधान बनाउँनै पर्ने दवाव छ, अनि मन्त्रीहरुलाई मन्त्रालयको चटारो । यिनै व्यस्त मध्येकी एक हुन ज्वाला शाह । उनि सभाषद र मन्त्री दुबै हुन । व्यस्त कार्यतालिकाका बीच पनि उनि कक्षा १२ को परीक्षाको तयारीमा जुटेकी छन । बैशाख १८ गते देखि हुने कक्षा १२ को एक परीक्षार्थीको रुपमा रहेकी सभाषद ज्वाला बाराको बकुलिया उच्च माविको कक्षा १२ मा भर्ना भई सिमरा उच्च माविको परीक्षा केन्द्रबाट परीक्षा दिने तयारीमा रहेको खबर आजको नयाँ पत्रिमा छापिएको छ । माओवादीको भोजपुरा सचिवालय सदस्य रहेकी शाह समानुपातिक तर्फकी सभाषद हुन । भुमि सुधार मन्त्रालयमा रहेकी उनि केहि समय नापी विभागका महानिर्देशकसाग विवाद भएपछि उनलाई
प्रधानमन्त्रीले पर्यटन मन्त्रालयमा सार्नुभएको थियो । परीक्षाको तयारी राम्ररी गरिरहेको बताउने शाहले पहिला बुर्जुवा शिक्षा भनेर माओवादी आन्दोलनमा होमीदा नपढेको तर अहिले नपढी कामै नभएको महशुस भएपछि पढाईमा समय दिन थालेको शाहको भनाई छ । आफुले पढ्दै गरेको भन्ने बारे परिवारमा मात्र थाहा भएपनि पाटी र अरु कसैलाई पनि थाहा नदिएको शाहले प्रतिक्रिया दिएकी छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक