20120411

विसं २०६९ को पूर्वाद्धको तीन महिना अति कष्टकर हुने, रोगहरूको प्रकोप बढ्ने, शासकवर्गद्वारा जनता प्रताडित हुने, ठूलो उथलपुथल, द्वन्द्व र झडप हुने तीव्र सम्भावना रहेको ज्योतिषीहरूले बताए

"केही समयपछि नै कांग्रेस र एमाले सरकारमा सहभागी हुने र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले राष्ट्रिय स्वरुप लिने, त्यसपछि आलोपालो प्रणाली अन्तरगत कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने" : प्रचण्ड
विसं २०६९ को पूर्वाद्धको तीन महिना अति कष्टकर हुने, रोगहरूको प्रकोप बढ्ने, शासकवर्गद्वारा जनता प्रताडित हुने, ठूलो उथलपुथल, द्वन्द्व र झडप हुने तीव्र सम्भावना रहेको ज्योतिषीहरूले बताएका छन् । श्रावण महिनापश्चात् उत्तराद्र्धको अन्तसम्म सकारात्मक र सुखमय हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधवप्रसाद भट्टराईले जानकारी दिए । यो वर्ष विश्वावसु नाम सम्वत्सर परेको, राजा र मन्त्रीको पद शुक्र रही जगलग्न नेपालकै राशी वृश्चिकमा परेकाले जलवर्षा अत्यधिक हुने, पशु तथा बालीनाली सप्रिने योग रहेको राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष ज्यो. पं तिलकराज पौडेलले बताए । अत्यधिक वर्षाका कारण बाढी, पहिरो, भूकम्पीय जोखिम, अग्निभय, आकस्मिक दुर्घटना हुने योग परेकाले आमनागरिकको जनजीवनमा नराम्रो असर पर्ने देखिन्छ । समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जगलग्नको दसौं स्थानमा बसी मङ्गलग्रहले शनिश्चरको राशी कुम्भमा चतुर्थ स्थानलाई पूर्णदृष्टि गर्नाले जनएकता नरहने, आपसमा वैमनश्यता, फूट, अशान्ति आदिबाट राजनीतिकदलबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना हुने योग देखिएको उल्लिखित छ । राष्ट्रको शान्ति र अमनचैनका लागि जनस्तरबाटै एकता, मेलमिलाप र समन्वयको भावना अपनाउन नितान्त आवश्यक देखिएको समितिले जनाएको छ । समितिले भनेको छ – पार्टीका
उच्चस्तरीय नेताहरूले जन आक्रोशका कारण अशान्ति बेहोर्नु पर्ने हुनाले आपसी शान्ति र समन्वय आवश्यक छ ।

नयाँ वर्ष सस्येश, निरसेश र धनेश चन्द्रमा भएकाले सेतो पदार्थ (मोती, चाँदी, कपास) को उत्पादन एवम् व्यापार राम्रो रहने देखिन्छ ।

धान्येश शनिश्चर भएकाले कतैकतै अन्नको अभाव, रोगमा वृद्धि, बेमौसमी वर्षाले कृषिक्षेत्रमा हानी तथा शासकवर्गमा झगडा हुने विश्वास छ । उल्लेख गरेको पाइन्छ ।

मेघेश र दुर्गेश शुक्र भएकाले शासकवर्ग र आम नागरिकमा सुखको अनुभूति हुनेछ ।

रसेश बुधमा भएकाले कृषि उत्पादन तथा वर्षामा वृद्धि, शासकवर्गबाट सहयोग र सुरक्षा प्राप्त हुनेछ । फलेश गुरु भएकाले फलफूलको उत्पादन वृद्धि तथा धार्मिक कार्यको वृद्धि हुने देखिन्छ ।

पञ्चाङ्गमा आद्रा प्रवेश समय विचार गर्दा मुलुकमा अग्निभय बढ्ने, हुरी बतास र प्राकृतिक प्रकोपका कारण जनधनको क्षति हुने, वर्षेबालीको तुलनामा हिउँदेबाली राम्रो हुने देखिन्छ ।

जगलग्न कुण्डलीका अनुसार वर्षेश लग्न वृश्चिक, लग्नाधिपति मङ्गल दशमस्थानमा तथा लग्नका स्वामीमा वृहस्पतिको पूर्णदृष्टि हुनु राम्रो योग हो ।

देश विकासमा सरकार सफल रहने, नयाँनयाँ योजना तर्जुमा तथा कार्यान्वयन हुने, वैदेशिक सम्बन्ध राम्रो रहने, उद्योग र वैदेशिक व्यापार बढ्ने र पर्यटन उद्योग फस्टाउने देखिन्छ ।

लग्नमा राहु एकादश बुध नीच राशीमा पञ्चमेश वृहस्पति छैंठौं स्थानमा रहेकाले शासन सत्तामा तल्लो वर्गको वर्चश्व रहने देखिएको छ ।

शुक्र सप्तम, नवमेश चन्द्रमामा वृहस्पतिको पूर्ण दृष्टि रहनाले धर्ममा आस्था बढ्ने छ ।


 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिविरमा रहेका लडाकू तथा हतियार नेपाली सेनालाई बुझाउने निर्णय आफ्नो अग्रसरतमा भएको भन्दै त्यसको जस अपजस आफैंले लिने बताउनु भएको छ ।
बुधबार लाजिम्पाटस्थित आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले लडाकू तथा हतियार सेनालाई बुझाउने निर्णय इतिहासमा विरलै हुने ‘बोल्ड निर्णय’ भएको बताउनु भयो । ‘यो निर्णय मेरै पहल र अग्रसतामा भएको हो’ उहाँले भन्नुभयो-’यसको सबै जिम्मेबारी म जिन्छु ।’
उपाध्यक्ष मोहन बैद्य किरण पक्षले निर्णयलाइ आत्मासर्मपर्ण भन्नुको कुनै अर्थ रहेको भन्दै विरोध गर्नु बैद्य पक्षको धर्म भएको बताउनु भयो । ‘उहाँहरुले विरोध गर्नु भएन भने मानिसहरु  माओवादीमा के भएछ भनेर अचम्ममा पर्छन्’ उहाँले भन्नुभयो-’यो उहाँहरुको धर्म जस्तै हो ।’
निर्णयको विरोधमा बैद्य पक्षले आफ्नो पुत्ला जलाउन लागेको आफूले सुनेको भन्दै उहाँले भन्नुभयो-’यो निर्णय आत्मासमर्पण थियो कि शान्ति र संविधानको पक्षमा भनेर उहाँहरुले भन्ने हैन, इतिहासले मुल्याकंन गर्ने छ ।’ निर्णयबारे आफूले बुधबार विहान मात्र उपाध्यक्ष बैद्यसँग टेलिफोनमा सम्बाद गरेको भन्दै प्रचण्डले यसलाई सांकेतिक विरोधका रुपमा बुझ्न बैद्यले भनेको सञ्चारकर्मीहरुलाई सुनाउनु भयो ।
विशेष समितिको निर्णयले संविधान निर्माण अघि बढाउन दलहरुलाई सकारात्मक दबाव दिएको भन्दै प्रचण्डले कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री रहने मिश्रति प्रणालीमा नै दलहहरुबीच सहमति जुट्ने बताउनु भयो ।संघीयता, गणतन्त्र, लगायतका मुद्धाहरु माओवादीले उठाएको र अहिले सबैले स्वीकारेको भन्दै उहाँले ती मुद्धालाई समेटिएको संविधान माओवादीको छापसहितको हुने बताउनु भयो । माओवादीसहितका सबै दलले परिर्वतानलाई रोक्न खोज्नेहरु रहेको भन्दै उहाँलै यो मुलुक र जनताविरुद्ध भएको बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले आगामी जेठ १४ भित्र दुई बटा सरकार बन्ने बताउनु भयो । केही समयपछि नै कांग्रेस र एमाले सरकारमा सहभागी हुने र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले राष्ट्रिय स्वरुप लिने उहाँको भनाई छ । त्यसपछि आलोपालो प्रणाली अन्तरगत कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने प्रचण्डले बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक