20120418

अन्तराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाको आयोजनामा सम्पन्न अन्लाइन नेपाली स्वदेश गीत लेखन प्रतियोगिता २०१२ मा न्यू दिल्लीका राज कुमार श्रेष्ठ प्रथम

         नेपाली कला संस्कृतिलाई  अन्तराष्ट्रियकरण गर्ने अभियानमा लागेको अन्तरराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाको   आयोजनामा सम्पन्न अन्लाइन  नेपाली स्वदेश गीत लेखन प्रतियोगिता २०१२ मा  न्यू दिल्लीका राज कुमार श्रेष्ठ प्रथम हुनु भएको छ भने बोस्टोन का शिव प्रकाश दोस्रो र नेपाल टेलिकम काठमाडौंका दिपक कथित तेस्रो स्थान हासिल गर्नु भएको थियो    । फ्रान्सको पेरिस बाट स्वदेश गीत प्रतियोगिताका संयोजक    मित्र लाल पार्देले बिजेताको नाम घोषणा गर्नु भएको थियो भने महासचिब उज्ज्वल के सि ले  प्रथम रचनालाई रेकर्डिङ गर्ने जानकारी दिनु भएको थियो   आगामी दिनमा  यस् किसिमको  कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिदै उपाध्यक्ष पुष्प वरुवालले  अन्तराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाका  पदाधिकारीहरुको परिचय   गराउनु भएको थियो । यस् किसिमको कार्यक्रम बाट आफु धेरै नै खुशी भएको  नेपाल बाट आउनु भएका मधुरिमा कलाकेन्द्रका अध्यक्ष श्री प्रदिप बम्जनले  जानकारी दिनु भएको थियो ।   बिभिन्न देश बाट प्राप्त रचनाहरुको मुल्याङ्कन समिती सदस्य्हरुमा   कमला प्रसाइ अमेरिका , निता श्रेष्ठ फ्रान्स ,मित्र लाल पार्दे पोल्यान्ड र उज्ज्वल के सी बेल्जियम हुनुहुन्थ्यो ।  उक्त संस्थाले युरोपको कुनै देशमा नेपाली फिल्म फेस्टिभल निकट भविश्यमै   आयोजना गर्न लागेको  जानकारी संस्थाका महासचिब उज्ज्वल के सि ले दिनु भएको थियो । यो संस्थालाई बिशेष सहयोग गर्ने श्री जीवन श्रेष्ठ , सोम सापकोटा डेनमार्क ,प्रमोसन अफ नेपाल बोर्ड लगायत बिभिन्न सहयोगीहरुलाई धन्यवाद संस्थाका अध्यक्ष श्री मती निता श्रेष्ठले दिनु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी फ्रान्सका लागि नेपाली राजदूत महामहिम मोहन कृष्ण  श्रेष्ठ हुनुहुन्थ्यो ।   स्मरण रहोस् अन्तराष्ट्रिय कलाकार मन्च यूरोप महाशाखा नेदरल्यान्ड मा कानुनी
रुपमा दर्ता भइसकेको छ् । 

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको गीत  

                                                               राज कुमार श्रेष्ठ
                  भोली खोज्नु नपरोस् माटो                                               न्यू दिल्ली
भोली सोध्नु नपरोस् बाटो,देखाऊनु छ हिमाल मैले 
भोली खोज्नु नपरोस् माटो,चिनाऊनु छ नेपाल मैले
मेरा वंशका केटाकेटीलाई,मेरा अनमोल सन्ततीलाई
ढिस्का र ढुंगा जोडेर आज,बनाउनु छ पर्खाल मैले

बनेको छैन मुलुक मेरो,हजार बाजी चोट नखाई
तैपनि को जित्न सक्यो,आखीर हाम्रो अठोटलाई?
साक्षी छ मेरो सगरमाथा,झुक्दैन कहिल्यै नेपाली
गर्जिन्छ मेचीकाली,जयजय काली!जय गोर्खाली!
 
झिल्को पनि निभ्ने छैन,झुल्को पनि डुब्ने छैन
ती अबोध हृदयहरुमा,जलाउनु छ मशाल मैले
भोली खोज्नु नपरोस् माटो

हिजो थियो चिन्ता के होला भोलि,आज उठ्ने आँट छ
गर्नु त धेरै रहेछ बाँकि,कर्मभूमिमा खाली फाँट छ
सखारै खुल्छ बिहानि,आँगनमा मेरो गुराँस् लाली
छाती फूल्छ स्वाभिमानि,शिश ऊठाई म हुँ नेपाली
 
भोली नबिर्सुन नेपाली पाटो,मेरा छोराछोरीहरुले
ती कोमल हृदयहरुम,बढाऊनु छ अंकमाल मैले
 
भोली खोज्नु नपरोस् माटो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक