20120417

अमेरिकामा पनि पैसा नै नभएको चेक दिएर कलाकार ठग्ने, खाना खुवाउने पार्टीहरु र अन्य भेन्डरहरु ठग्ने ए एन ए (ANA) देखी साबधान, फेरी बोस्टनमा जस्तो ठगी नहोस टेक्स्सासमा पनि !

(उदाहरणका लागि यहाँ एउटा चेक प्रस्तुत छ, यसरीनै पैसा नै नभएको चेक काटेर ANA ले कलाकार, खाना खुवाउने पार्टिहरु, भेन्डरहरुलाइ ठगी गरेको थियो ।   यसरी चेक काटिएको थियो तर कलाकारहरुले पाएका चेक सबै फिर्ता भए)
अमेरिकामा नेपालीहरुको पुरानो लोकप्रिय तर दुई बर्ष अघि बोस्टन सम्मेलन देखी सर्बाधिक बिबादित र गन्हाएको संस्था भनेर चिनिने ANA को अर्को सम्मेलन टेक्ससमा हुँदैछ भनेर निकै प्रचार प्रसार चलिरहेको छ अहिले। तर दुई बर्ष अघि देखी ANA ले कलाकारहरुको पारीश्रमिक भुक्तान गरेको छैन । गत बर्ष डिसी सम्मेलनमा भनिएको थियो हामी भुक्तान गर्छौँ तर त्यो दिन आएन बरु अर्को सम्मेलनको मिती आयो । अमेरिकामा बसेर नेपालीले नेपाली ठगेको यो घटना को नालिबेली अब हामी फेरी एक पटक प्रकाशनको तयारीमा छौं । अमेरिकामा नेपाली संस्था खोलेर नेपाली ठग्ने काम, भुक्तानी दिएका चेक बाउन्स हुने काम कत्ती को लज्जाजनक हो ?? ANA को नेत्रित्वले यसको जिम्मा लिन्छ लिँदैन ??  एक पटक फेरी १५ दिनको यो गल्ती सूधार्ने मौका दिने, सबै कलाकार का बाउन्स भएका चेक को भुक्तानी गर्न अन्तिम मौका दिने र नभए कानुनी बाटो लिने कलाकारहरुले निर्णय गरेका छन । यदी दुई हप्ता भित्र भुक्तानी नभएमा ANA का तत्कालिन देखी हाल सम्मका नेत्रित्वमा रहेका सबैको नाली बेली पत्रकार सम्मेलन मार्फत विश्वब्यापी रुपमा सार्वजनिक गर्ने र ANA नेत्रित्व  बिरुद्ध अमेरिकाको कानुन अनुसार ठगी मुद्दा दिने कलाकारहरुले निर्णय गरेका छन ।स्मरण रहोस दुइसय पचास डलर भन्दा माथिको यस किसिमको ठगी गरेको अभियोग मा अदालतमा मुद्दा दायर भएमा अभियुक्तहरुको क्रेडिट झ्वाम मात्र हुन्न उनिहरु कुनै पनि काम, लोन आदिमा अयोग्य मानिन्छन । अमेरिकी कानुन अनुसार यो ठुलो अपराध मानिन्छ । म त भुपु भैसके भनेर कसैले नसोच्नु, म त बर्तमान कार्य समितिको हुँ मलाई के खाँचो भनेर नेत्रित्वमा रहेकाले नसोच्नु । ठगिएकाहरुले कसैलाई बाँकी राख्ने छैनन । ठगी ठगी हो र नेत्रित्वले जिम्मा लिनुपर्छ । एक ले अर्कोलाई देखाएर उम्किने प्रयास चोखो बन्ने प्रयास कसैले नगरुन ।        
               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक