20120420

हेम सरिता पाठक प्रतिस्ठानद्वारा अमेरिकाको टेक्सासमा नयाँ बर्षका अबसरमा प्रेमराजा महत, रामप्रसाद खनाल साँझ आयोजना, टेक्सासबासी नेपाली लाई कार्यक्रममा खुल्ला आमन्त्रण


हरेक बर्ष प्रदान गरिने गीत संगीत पुरस्कार यही अबसरमा प्रदान गरिँदै
नेपाली मन र नेपाली पन भए पछी बिदेशको बसाइले के छेक्न सक्थ्यो र हेम पाठक र सरिता पाठक लाई । अमेरिकामा नेपाली सफल ब्यबसायी भए पनि हेम सरिता पाठक प्रतिस्ठान मार्फत एक सय भन्दा बढी गरीब जेहेन्दार नेपाली विद्यार्थीलाई आफ्नै खर्चमा पढाउने अभियान अगाडि बढाएका यी जोडीले हरेक बर्ष पत्रकारिता, गीत संगीतको लागी , भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध को अभियानमा दश लाख भन्दा बढीको पुरस्कार राशी खर्चिन्छन । अमेरिकामा पनि नेपाल र नेपाली पन बोकेर हिँडेका यी जोडीले थुप्रै नेपालीलाई रोजगारी मात्र दिएका छैनन आफै ले सहयोग गरेर धेरै लाई जागिरेबाट मालिक पनि बनाएका छन । यिनै जोडीको बिसुद्ध सामाजिक संस्था हेम सरिता पाठक प्रतिस्ठानको आयोजनामा अमेरिकाको टेक्सासमा यही अप्रिल 21 तारिख नेपाली नयाँ बर्ष को पावन अबसरमा गीत संगीत पुरस्कार बितरण तथा प्रेम राजा महत, रामप्रसाद खनाल र सपना श्री को बिशेष प्रस्तुती रहने साँस्कृतिक साँझ जम्ने भएको छ । हरेक बर्ष प्रदान गरिने गीत संगीत पुरस्कार अन्तर्गत जिबन शर्मालाई नेपालमा यस अघिनै पुरस्क्रित गरिसकेको यो हेम
सरिता पाठक प्रतिस्ठानले अमेरिका मा रहेका बरिस्ठ लोक गायक प्रेम राजा महत र सुप्रसिद्ध गायिका सपना श्री लाई यही अबसरमा पुरस्कार प्रदान गर्दैछ। अन्तरराष्ट्रिय कलाकार मँचको प्रस्ताबमा छानिएका यी दुई हस्ती लाई हेम सरिता पाठक प्रतिस्ठानले सहस्र स्वीकार गर्दै यो गीत संगीत पुरस्कार दिन लागिएको प्रतिस्ठानले जनाएको छ । टेक्सास बासिहरु यो कार्यक्रमका लागी अप्रिल 21 तारिख बेलुकी ६ बजे आत्तुरिका साथ कुर्दै छन भने प्रतिस्ठानले सबै टेक्सासबासी नेपाली लाई कार्यक्रममा खुल्ला आमन्त्रण गरेको छ। प्रतिस्ठानका केही बिगतका कार्यक्रमहरुको झलक तल हेर्न सक्नुहुन्छ ।









For other related news videos and Photos please click these links below


http://www.nepalmother.com/2011/03/blog-post_25.html
http://www.facebook.com/media/set/?set=a.10151468340865220.834102.853190219&type=1

Here is the venue address and contact phone numbers:

203 E. Pecan Street
Pflugerville, tx 78660

1. Hem Pathak 512- 897 -9705
2. Deepak Humagai 512-547-7620
3. Agni Sangel 512-293-0980
4. Padam Thakurathi 512 826-8950
5. Debendra Parajuli 512-560-0778
6. Bhupak kadariya 703-304-0174
7. Himesh Oli 510-837-8591
8. Keshav Dahal 512-970-4852
9. Sarad Oli 512-550-6740

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक