20120427

नालायक बाबुराम सरकारको एउटा लायक र प्रशंसनीय निर्णय, काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा पूर्व मेयर केशव स्थापितलाई नियुक्त

'अब दुई चार दिनभित्र उपत्यकामा केही परिवर्तन देख्नु हुन्छ' : केशव स्थापित
उनी राजनीतिक हिसाबले जता होउन मतलब नराखौँ तर काठमाडौंलाई ब्यबस्थित गर्न सक्ने, बिगतमा पनि साहसिक निर्णय र काम गरेको एउटा बहादुर छोरो हो केशब स्थापित । यो मान्छे ले चाहेमा र सरकार को सहयोग भएमा काठमाडौं ५ बर्ष भित्रमा राम्रो काठमाडौं हुन सक्छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा सरकारले पूर्व मेयर केशव स्थापितलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको हो। स्थापित पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ मेयर निर्वाचित भएका थिए। काठमाडौँमा सडक अतिक्रमण गरी बनाइएका घरहरु भत्काउने र सडक फराकिलो पार्ने अभियानको नेतृत्व गरिरहेको नगर विकास समिति भङ्ग भएपछि प्राधिकरणको गठन भएको हो। स्थापितले आफू मेयर निर्वाचित हुँदा रानीपोखरी-रत्नपार्क फराकिलो पार्ने, कलंकीको बाटो फराकिलो पार्ने, माइतीघर मण्डल बनाउने आदि कामबाट लोकप्रियता हासिल गरेका थिए। राजाको प्रत्यक्ष शासनकालमा गराइएको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका स्थापितले पछि माओवादीको दबाबका कारण उम्मेदवारी फिर्ता लिएका थिए। उनले पछिल्लो पटक प्रजा परिषद् पार्टीको
नेतृत्व सम्हालेका थिए तर त्यहाँ केही गर्न नसकेपछि उनी आफ्नै पुरानो पार्टी एमालेमा फर्किएका थिए। एमाले फुट्दा मालेमा लागेका स्थापितको अहिले एमालेमा कुनै प्रभाव देखिँदैन। स्थापितले नदी किनारका सुकुम्बासीलाई हटाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।
'अब दुई चार दिनभित्र उपत्यकामा केही परिवर्तन देख्नु हुन्छ' आफू विपक्षी दलको भए पनि सरकारले ठूलो जिम्मेवारी दिएको उनले बताए । म धेरै खुसी छु, सरकारले मेरो योग्यताको कदर गरेको छ, मेरा हजार सपना छन् ती सपना मध्ये एक यो पनि हो  अब हेर्नुहोस् उपत्यकालाई वास्तवमै मेट्रो सिटी नै बनाएर छोड्छौं, उनले भने । अव्यस्थित सहरीकरण र नदी किनारका सुकम्वासीलाई व्यवस्थित गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक