20120502

घुमिफिरी कुरा उही मन्त्रीको कुर्सीको : बाबुराम भट्टराई नेतृत्वको वर्तमान मन्त्रिपरिषद् बिघटन गरि उनकै नेतृत्वमा कांग्रेस एमाले सम्मिलित नयाँ राष्ट्रिय सरकार बनाउन मुख्य दल सहमत

कठै "शान्ती र संबिधान" नामको कत्रो दुरुपयोग ! लोकतन्त्र र गणतन्त्रको कत्रो उपहास ! नेपाली जनताको कत्रो अपमान !

माओवादी अध्यक्ष प्रचण्डको काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर आफैले सार्वजनिक गरे !

बाबुराम भट्टराई नेतृत्वको वर्तमान मन्त्रिपरिषद् बिघटन गरि उनकै नेतृत्वमा कांग्रेस एमाले सम्मिलित नयाँ राष्ट्रिय सरकार बनाउन मुख्य दल सहमत भएका छन् । प्रमुख तीन दल र मधेसी मोर्चाको बुधबार साँझ बानेश्वरमा बसेको वैठकमा दलहरुवीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति
भएको छ । सहमतिअनुसार भोलि (बिहीबार)नै प्रधानमन्त्री भट्टराईले मौजुदा मन्त्रिपरिषद् विघटन गरि मुख्य राजनीतिक दलहरुलाई सरकारमा सहभागी हुन आह्वान गर्नुहुनेछ । त्यसअनुसार एक दुई दिनमै कांग्रेस र एमालेसहितका दल सरकारमा सहभागी हुनेछन भने मधेसी मोर्चापनि सरकारमा रहने छ । दलहरुवीचको भद्र सहमतिअनुसार बाबुराम नेतृत्वको नयाँ सरकारले नै संबिधान जारी गर्ने छ र संबिधान जारी गर्न राष्ट्रपतिकहाँ पठाउँदा प्रधानमन्त्री भट्टराईले राजीनामा पत्र पनि बुझाउनुहुने छ । त्यसपछि कांग्रेस नेतृत्वमा फेरि राष्ट्रिय सहमतिको सरकार बनाइने छ जसले मुलुकमा नयाँ चुनाव गराउने छ । वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो- ‘भोलि नै यो सरकार बिघटन हुन्छ र राष्ट्रिय सहमतिको सरकार गठन प्रकृया पनि सुरु हुन्छ ।’
दलहरुवीच राष्ट्रिय सहमतिको सरकारसहित शासकीय स्वरुपमा समेत सहमति भएको र त्यसलाई भोलि बिहान वस्ने वैठकले लिखित रुप दिएपछि भट्टराईले मन्त्रिपरिषद् विघटन गर्ने सहमति भएको स्रोतको दावी छ । वैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुवीच भोली नै लिखित सहमति हुन लागेको जानकारी दिनुभयो । हात्तीवन वैठकपछि आजको वैठक सवैभन्दा सकरात्मक रहेको सिटौलाले बताउनु भयो ।
स्रोतका अनुसार मिश्रीत शासकीय प्रणालीमा जान समेत दलहरुवीच सहमति भएको छ । संघीयताको बिषयमा भने दलहरुवीच अहिलेसम्म सहमति जुटन सकेको छैन् । तर संघीयताको बिबाद मिलाउन सवै दल तयार देखिएकाले नयाँ सरकार बन्ने प्रकृयासँगै संघीयताको बिबाद पनि टुंगो लगाउन दलहरु सहमत भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर भएपनि पुरा नभएको बताउनु भएको छ ।
एवीसी टेलिभिजनले काठमाण्डौंमा बुधबार आयोजना गरेको ‘जनताको प्रश्न प्रचण्डको जवाफ’ कार्यक्रममा प्रचण्डले भन्नुभयो-’रहर त मलाई उताबाट जित्दै आएर काठमाण्डौं कब्जा गरेर झ्याप्पै सिधै राष्ट्रपति बन्ने थियो, तर शक्ति सन्तुलनले नदिएपछि के गर्ने ?’
पार्टीभित्र देखिएको बिबादको जडबारे प्रष्ट पार्दै प्रचण्डले अहिलेको प्रकृयामा आउनु ठिक थियो–थिएन भन्ने बहस रहेको भन्दै यो बाटोमा आउनु सही थियो र कम जोखिम छ भन्ने आफ्नो बुझाई रहेको बताउनुभयो । ‘केही साथीहरुलाई यहाँ आउनु नै गल्ती थियो भन्ने लागेको छ, भन्न मात्र नसकेको हो, यो ठूलो बहस हो, बहस भएपनि पार्टी फुट्दैन् ।’
वैद्य पक्षतिर लक्षित गर्दै प्रचण्डले भन्नुभयो-लडेको लड्यै गर्नुपर्दथ्यो, बरु मरेर सद्धिनुपर्दथ्यो भन्ने केही साथीहरुलाई लागेको छ, मैले मर्नु हुंदैन भन्छु, अहिलेको बिबाद यत्ति हो ।’
आफ्नो व्यक्तिगत महात्वाकांक्षमा पूरा गराउने उद्देश्यले नभई मुलुकमा विद्यमान अस्थिरता र बेथिति अन्त्यका लागि राष्ट्रपतीय प्रणालीमा अडान लिएको बताउनुभयो । २००७ सालदेखि अहिलेसम्म जनताले चुनेका वा राजाले मनोनित गरेका कुनै पनि सरकारले पूरै कार्यकाल बिताउन नपाएको दृष्टान्त पेश गर्दै प्रचण्डले नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुका पछाडि पटकपटक सरकार ढाल्ने र बनाउने खेल नै रहेको उल्लेख गर्नुभयो । राजनीतिक अस्थीरतालाई अन्त्य गर्न पनि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै एकमात्र विकल्प हुनसक्ने प्रचण्डले बताउनुभयो ।
पहिलो कार्यकालबाट सन्तुष्ट नभए दोस्रोपटकको राष्ट्रपतीय निर्वाचनमा जनताले उसलाई दण्डित गर्ने भएकाले कोही पनि शसंकित हुनुनपर्ने उनको भनाइ थियो ।

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धका सवै योजना आफैले बनाएकाले भोली अनुसन्धान भए त्यसको सवै दोष आफैंले लिनुपर्ने बताउनुभएको छ । ‘जनयुद्धको १० बर्षको तयारी मैले नै गरेको हुँ, जनयुद्धको संचालन पनि मैले नै गरेको हुँ, सवै योजना मैले नै बनाएको हुँ, भोली सत्य निरुपण आयोगले पत्ता लगायो भने सवै दोष मैले नै लिनुपर्छ, उहाँ(बैद्यहरु)ले लिनुपर्दैन् ।’ प्रचण्डले भन्नुभयो- शान्ति प्रकृयामा पनि मैले नै ल्याएको हुँ, यसको सम्पूर्ण दोष र जस मै लिन्छु ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक