20120510

"गोदाइ खाइयो, जगल्ट्याए, नाराबाजी गरे, बन्दको नैतिक समर्थन छ भन्दा भन्दै कुटियो" : माओवादी सभासद्द्वय

माओवादी सभासद्द्वय सुदन राई र लक्ष्मी गुरुङमाथि बन्दकर्ताले बिहीबार कोटेश्वरमा आक्रमण गरेका छन् । मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको भन्दै सभासद्द्वयमाथि आक्रमण भएको हो । ‘गोदाइ खाइयो नि,’ आक्रमणपछि प्रहरी सहयोगमा सिंहदरवार आएका सभासद् राईले भने, ‘बन्दको नैतिक समर्थन छ भन्दा भन्दै कुटियो ।’ आक्रमण भएपछि पुगेको प्रहरी टोलीले सभासद्लाई जोगाएर सिंहदरवार पुर्‍याएको हो । संविधानसभा बैठकमा उपस्थित हुने पार्टीको ह्विप रहेको बताउँदा पनि आफूहरुमाथि नियोजित आक्रमण भएको राईले बताए । आफूहरु सभासद् भएको जानकारी गराएपछि बन्दकर्ताले आफूहरुविरुद्ध नाराबाजी गरेको उनले बताए । बन्दकर्ताको आक्रमणमा सभासद् राईको खुट्टामा चोट लागेको छ । मोटरसाइकल कोटेश्वर प्रहरी कार्यालयमा राखिएको छ । गुरुङलाई भने जनजाति सभासद्हरुले ब्राम्हण क्षेत्रीमाथि विभेद गरेको भन्दै जगल्ट्याएका थिए । सभासद् राईले सरकारको माथिल्लो निकाय गम्भीर हुँदा राज्य पुनर्संरचनासँग जोडिएका प्रदर्शनहरु हिंसात्मक हुँदै जानेतर्फ सचेत रहनुपर्ने बताए । माओवादी सभासद् राई भोजपुर क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ रामेछापकी माओवादी समानुपातिक सभासद् हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक