20120510

पाखन्डी राष्ट्रघाती जनघाती नेताहरुको कुकर्मको फल यसरी बाहिर आउंदैछ लौ हेर्नुस, कस्तो देश आज कस्तो भयो !

जात जाती, भाषा भासी, मधेसी, पहाडी, बाहुन छेत्री, लिम्बुवान खुम्बुवान, नेवा, मगरात के के बहाना मा सबैलाई उछाले अब थाम्ने कसले ? अब एक नेपाली लाई अर्को नेपाली सँग भिडाएर आफुहरु प्रधान मन्त्री, मन्त्री, मुख्यमन्त्री बन्न र देश लुट्न खोज्दैछन अपराधीहरु, यिनीलाई त अब सभ्यभासामा गालीगर्ने ठाउपनि बाँकी रहेन बा !






काठमाडौँ, वैशाख २८ (नागरिक)- जातीय पहिचानसहितको सङ्घीयताका विरोधमा ब्राह्मण तथा खस क्षत्रीलगायतका सङ्गठनद्वारा आज गरिएको बन्दका क्रममा आज राजधानी र प्रमुख सहरहरुमा यस्तो देखियो। फोटो फिचर हेर्नुस्-

नेपाल बन्दको पहिलो दिन विहीबार पोखरामा परीक्षा दिएर घर फर्कदै १२ कक्षाका छात्राहरु। बन्दले परीक्षा दिन गएका विद्यार्थी मर्कामा परेका थिए। तस्बिर सौजन्यः दुर्गाप्रसाद पौडेल
बिहीवार बिहान बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले तोडफोड गरेको एउटा बस। कृष्णनगरबाट यात्रु लिएर आएको उक्त बस बन्दकर्ताहरुले घोराहीमा तोडफोड गरेका हुन्। तस्वीर : गजेन्द्र बोहरा/नागरिक


नेपाल बन्दको पहिलो दिन पोखराको पृथ्वीचोकमा आन्दोलनकारीले लडाएको ट्राफिक प्रहरीको पोष्टलाई किनारा लगाउँदै प्रहरी। तस्बिर सौजन्यः दुर्गाप्रसाद पौडेल


जातीय राज्यहरुको विरोध गर्दै दुई दिने बन्द आह्वान गर्ने क्रममा दाङमा शंख
फुकिरहेका ब्राह्मणहरु। तस्वीर : गजेन्द्र बोहरा/नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक