20120511

नेता रुपी राजनीतिक अपराधीहरु, नेपाल आमाका नाजायज सन्तानहरुद्वारा अन्तत नेपाललाई एघार टुक्रामा बिभाजन गर्ने सहमति

बुझेनन नेपाली जनता, उठेनन नेपाली जनता, आर्यघाटमा लम्पसार  जलाउनुअघिको निसमन्न लाश जस्तै देखियो नेपाली जनता, गणेशमानले भनेको जस्तै साँच्चैको "भेडा" नै देखियो नेपाली जनता !   


 लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको बैठकमा ११ वटा गैरजातीय प्रदेश बनाउने विषयमा प्रारम्भिक सहमति भएको छ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले गैरजातीय आधारमा ११ वटा प्रदेश बनाउने विषयमा दलहरूबीच सहमति बनेको बताए।

उनले भने - 'दलहरूबीच राज्य पुनःसंरचना गर्ने विषयमा सहमति भएपनि नामकरणको विषयमा भने कुरा मिलेको छैन। भोलि पुनः बैठक बसेर नाम समेत टुङ्ग्याइनेछ।' एनेकपा माओवादीका नेता वर्षमान पुनले ११ प्रदेशबारे छलफल भएको र छलफलमा प्रदेशको नामकरण गर्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिने सहमति भएको बताए। उनले सहमतिका आधारमा दलहरू ११ प्रदेशको आसपासमा आए पनि सहमति नहुने अवस्थामा आफ्नो पुरानै अडानमा उनीहरू फर्कन सक्ने उल्लेख गरे। उनले ११ प्रदेशबारे मधेसी मोर्चाको भने केही असहमति रहेको जानकारी दिए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकल जातीय नभई बहुजातीय र संस्कृतिका आधारमा ११ प्रदेशलाई आफ्नो पार्टीले स्वीकार गर्न सक्ने बताए। उनले अहिले जातीय आधारमा जाँदा जातीय सद्भाव बिग्रन सक्ने कुरा कैलाली र कास्कीको घटनाले पुष्टि गरेको उल्लेख गरे।
अहिले छलफल भइरहेको ११ प्रदेशको संरचना अन्तर्गत तराईमा चारवटा प्रदेश रहने उनको भनाइ थियो।
दहरूबीच लामो समयदेखि विवाद रहँदै आएको शासकीय स्वरूप र राज्य पुनःसंरचनाको विषयमा सहमति खोज्न शुक्रबारको बैठक डाकिएको हो।  एकल जातीयताको आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ भन्दै आएको एमाओवादी र लोकतान्त्रिक मधेसी मोर्चासँग नेपालीी काँग्रेस र नेकपा(एमाले)को लामो समयदेखि विवाद रहँदै आएको थियो। रासस


नेपालको बिस बर्से प्रजातन्त्रलाई नियालेर हेर्नुस त यहाँ !




   "प्वाक्क मुखमा हानिदेउ" "परेको म बेहोरौंला" !
                                                        -  रामप्रसाद खनाल -
(Updated .....आजकाल हाँस्य टेलिसिरियल हरुले नयाँ नयाँ थेगो र शब्द प्रयोग गर्दै मान्छे हसाइ रहेका बेला तिनै थेगो लाई प्रयोग गरेर एउटा सानो कबिता कोरेको छु यहाँ, ति सिरियल का थेगो र नाम का आधार मा कबिता लेख्दा कबिता यस्तो पो बन्यो ! त्रुटी भए माफ पाउँ है ! )
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छ
यी "मुलाका साग"  हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ  सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्ने 
हरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ  गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश  "हर्के हवल्दार"
हरु वाट
आखिर  देश जान्छ कि जस्तो छ "घाट"

यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"
को  नेता गर्छन् मपाईँ


सुत जनताहो अझै सुत, आर्यघाटमा लम्पसार जलाउनुअघिको लाश जस्तै बनेर सुत ! गणेशमानले दिक्क भएर भनेको "भेंडा" जस्तै बनेर सुत !











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक