20120519

उन्नाइस साना राजनीतिक दलहरुले प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाले देशलाई विखण्डन गर्न लागेको आरोप लगाए

देशलाई विखण्डन पार्ने र हरेक जातिलाई आपसमा भिडाउने काम 
उन्नाइस साना राजनीतिक दलहरुले प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाले देशलाई विखण्डन गर्न लागेको आरोप लगाएका छन्। उनीहरुले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एसडी मेहताको भनाई र प्रमुख दलहरुको कार्यगत शैली उस्तै भएको पनि बताए। १९ दलले मुख्य दल र मधेसी मोर्चाले जाति-जातिबीच लडाएर देशलाई जातीय द्वन्द्वतर्फ लैजान खोजेको भन्दै त्यसबाट सचेत रहन आम नेपालीलाई अनुरोधसमेत गरेका छन्। शनिबार मिडिया इन्टरनेशनल काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले जेठ १३ गते संविधान सभामा घेरा हाल्ने घोषणा पनि गरेका छन्। पत्रकार सममेलनमा वितरित १९ दलको संयुक्त विज्ञप्तिमा संविधान निर्माणका लागि १३ गते संविधान सभाअगाडि धर्ना दिने कार्यक्रम निर्धारण गरिएको उल्लेख छ। त्यसैगरी १९ दलले सङ्घीयतामा जाँदा जातीय ढङ्गबाट गएमा आफूहरुलाई मान्य नहुने पनि घोषणा गरेका छन्। उनीहरुले बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक राष्ट्रमा जातीय ढङ्गबाट कुनै पनि हालतमा सङ्घीयतामा जान नहुने बताए। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई विखण्डन पार्ने र हरेक जातिलाई आपसमा भिडाउने काम भएको भन्दै प्रमुख दलका शीर्ष नेताहरुलाई जिम्मेवार बन्न आग्रह गरे। उनले सङ्घीयताका नाममा नेपाली नेपालीबीच फुट गराउने षडयन्त्र भारतबाट भइरहेको आरोपसमेत लगाए।१९ दलमा नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा संयुक्त मार्क्सवादी, सशक्ति नेपाल, संयुक्त जनमोर्चा नेपालल गायतका साना दल आबद्ध छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक