20120519

बोलीको ठेगान नभएका पिपलपाते कमरेड पुष्पकमल दाहालले फेरी बोली फेर्नुभयो, अब वहाँ जाती जनजाती पछी मधेशी उचाल्दै !


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिको औचित्य सकिएको बताउनु भएको छ । सहमतिको एउटा पक्ष मधेसी मोर्चाले असमतिमा असहमति जनाउँदै सरकारबाट बाहिरिने भनिसकेको भन्दै उहाँले अब नयाँ शिराबाट सहमति खोज्नु पर्ने बताउनु भयो । शनिबार राजधानीको तिनकुनेमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’सहमतिको एउटा पक्ष मधेसी मोर्चाले सहमति मान्दैनौं, सरकारबाट बाहिरिन्छौं भनेको अवस्थामा अब ११ प्रदेशको सहमतिको आचित्य सिद्धियो भनेर मैले भनिसकेको छु ।’ ११ प्रदेशको औचित्य सकियो भनेर आफूले विवाद समाधान उपसमितिमा भनिसकेको भन्दै उहाँले के प्रचण्डको गल्ती हो भनेर प्रश्न गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनद्धारा स्थापित, जनताद्धारा अनुमोदित र संविधानसभाले स्वीकारेको पहिचानसहितको संघीयताबाट अब कोही पछि हट्न नसक्ने बताउनु भयो । पहिचानसहितको संघीयताबाट आफू र आफ्नो पार्टी पछि नहट्ने भन्दै उहाँले अब ६ देखि १४ प्रदेशमा
सहमति खोजिने बताउनु भयो ।
पार्टीभित्र र बाहिर चौतफी आक्रमण गरेर आफूलाई घेराबन्दीमा पारेको भन्दै प्रचण्डले आफूले जे गर्दापनि सुख नपाएको दुःखेसो पोख्नुभयो । ‘मैले सहमति नगर्दा प्रचण्डले सम्झौता गर्‍यो, सबै छाड्यो भनेर हल्ला गर्छन् । शान्तिपूर्ण अधिकार खोज्नुस भन्दान जातीय दंगा फैलाउन खोज्यो भन्छन्’ उहाँले भन्नुभयो-’मैले गरे पनि सुख छैन, नगरे पनि सुख छैन । अहिले म घेराबन्दीमा परेको सहसुस गरेको छु ।’ आफ्नो सामू मुलुकले ठूलो जिम्मेबारी दिएको भन्दै प्रचण्डले त्यसका क्रममा आफू एक कदम अगाडी र एक कमद पछाडी जान सक्ने भन्दै सदस्या बुझिदिन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक