20120521

स्थानीयबासिन्दा प्रतिकारमा उत्रे, ७ जना घाइते, दर्जनौं सेल अश्रुग्याँस प्रहार, प्रचन्डले देशमा लगाएको डढेलो यसरी सल्किदैछ

आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपाल बन्दको क्रममा क्रममा बन्दकर्ताले ललितपुरको इमाडोलमा घरघरमा तोडफोड गर्न थालेपछि सोमबार बिहान तनाव भएको छ ।  बन्दकर्ताले घरमा राखिरहेको सवारीसाधन तोडफोड, घरको सिसामा ढुंगामुढा तथा स्थानीयलाई हातपात गर्न थालेपछि स्थानीयबासिन्दा प्रतिकारमा उत्रेका थिए । यस क्रममा ७ जना स्थानीयबासिन्दा घाइते भएका मानवअधिकारकर्मी यज्ञ थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो जाति विशेष नभएर आन्दोलनकारी र स्थानीयबासिन्दाबीचको तनाव मात्र हो । यस्तै पोखराको पृथ्वीचोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपका कारण त्यस क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ । आन्दोलनकारीले ढुंगा हान्न थालेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । झडपमा प्रहरी, प्रदर्शनकारी र पत्रकार गरी एक दर्जनभन्दा बढी घाइते भएका छन । ढुंगा लागेर स्थानीय पत्रकार बिनु थापा र हेमराज अधिकारी घाइते भएका छन् । मध्ये गम्भीर अवस्था रहेका थापाको चरक अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक