
नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।

संघीयतासम्वन्धि माग राख्दै विभिन्न समूहबाट लगातार भइरहेको बन्दको विरोधमा बुधबार राजधानीसहित देशभर बुधबार वृहद राष्ट्रिय सद्भाव सभा गरिने भएको छ । बन्दका क्रममा सामाजिक सद्भाव खलबल्याउने गतिविधि समेत हुन थालेकाले राष्ट्रिय सद्भाव सभाको आयोजना गर्न लागिएको नेपाल नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघको अगुवाईमा नेपाल चेम्वर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, हिसान्, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, मारवाडी सेवा समिति, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन, इन्जिनियर्स एसोसिएसन, मेडिकल एसोसिएसन, नेपाल प्राध्यापक संघ, म्यानेजमेन्ट एसोसिएसन नेपाल, गरिखान देउ, समृद्धि फाउन्डेशन लगायतका अन्य संघ संस्थाहरुको सहभागितामा रहनेछ ।
शान्ति र सद्भाव र समृद्धिप्रति प्रतिवद्धता जाहेर गर्दै द्विप प्रज्वलित गरौं भन्ने मुल नारा सहित हुन लागेको सभा सांझ ५ बजे वसन्तुरमा हुने छ । भेलामा सहभागीहरुले सेतो कमिज, टि सर्ट लगाई राष्ट्रिय झण्डा र मैनवत्ति हातमा बोक्ने छन् । सभामा “बन्दलाई बन्द गरौं”, “समयमा संविधान देऊ”, “शान्ति, सद्भाव र समृद्धि”, “राष्ट्रिय एकता र सद्भाव कायम” गरौं जस्ता नारा अंकित व्यानरहरु राखिने छन् । सभा पश्चात सहभागीहरुबाट वसन्तपुर डवलीमा शान्ति र सद्भावको कामना सहित द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य महासंघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक