20120520

नेपालमा कहाँ कहाँ के के भयो ? : पुष्पकमल दाहालले प्रतिकार गर्न आव्हान गरेपछी नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन आइतवार प्रभावित

नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिए !
 
नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि आइतबार रिपोर्टर्स क्लवमा तनाव भएको छ । क्लवमा भएको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध गरेका थिए । उनले भनेका थिए, 'जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन ।' शेर्पाले पत्रकारविरुद्ध धावा बोल्नेवित्तिकै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गरेका थिए । त्यसक्रममा पत्रकार ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष बैकुण्ठ ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काए । स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई साक्षात्कार कक्षबाट
बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लव अध्यक्ष धमलालाई नाम किटेरै 'तलाईं छाडि्दन' भन्दै निस्केका थिए भने शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।शेर्पाले यसअघि नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएर जनजाति आन्दोलनमा सहयोग नगरे मिडिया बहिस्कार गर्ने र विज्ञापनसमेत नदिने चेतावनी दिएका थिए ।
आदिवासी जनजातिले आइतबार गरेको बन्दमा संचारमाध्यमका सवारी साधनमाथि देशभर आक्रमण र तोडफोड योजनाबद्ध रुपमा भएको पुष्टि भएको छ। जनजाति महासंघ अध्यक्ष राजकुमार लेखीले वैशाख ३१ गते नेपालगन्जमा सार्वजनिक रुपमै भनेका थिए- ‘हामीले चाह्यौँ भने एकछिनमा सारा संचरमाध्यम जलाइदिन सक्छौं।' नेपाल आदिवासी जनजाति पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लेखीले आदिवासीको देशभर चलिरहेको आन्दोलनलाई संचरमाध्यमले ‘कभरेज' नगरेको भन्दै घुमाउरो भाषामा आक्रमणको चेतावनी दिएका थिए। ‘हामी पनि संचारमाध्यमका क्यामेरा फोड्न सक्थ्यौं' उनले भनेका थिए,‘हामीले चाह्यौँ भने एकछिनमा सारा संचरमाध्यम जलाइदिन सक्छौं, तर हामीले त्यो गरेका छौनौं।' उनले संचारमाध्यमले जनजातिका मागलाई बंग्याएको समेत आरोप लगाएका थिए।

उनले केही नेताको नामै लिएर संचारमाध्यमले उनीहरूको मात्रै समाचार सम्प्रेषण गरेको तर आदिवासी जनजातिका आन्दोलनका समाचार प्रकाशन-प्रसारण नगरेका आरोप लगाएका थिए। संचारमाध्यममा पनि महेन्द्रवादी दृष्टिकोण राख्नेहरूले विभेद गरेको उनको तर्क थियो। अध्यक्ष लेखीले संचारमाध्यमले एकपक्षीय समाचार सम्प्रेषण गरेकाले देशमा मुठभेडको स्थिति आएको र त्यसको जिम्मेवारी संचारमाध्यमले लिनुपर्ने बताएका थिए।

संचारमाध्यमप्रति निकै आक्रमक रूपमा प्रस्तुत हुँदै उनले आफूहरूले चाहेमा संचारमाध्यममा आक्रमण गर्न सक्ने र क्यामेरा फोड्नसक्ने चेतावनी बारम्बार दोहोर्‍याएका थिए। लेखीको पत्रकार सम्मेलनको अघिल्लो दिन मधेसी र थारूहरूको संयुक्त मोर्चाले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आफ्ना समाचार सम्प्रेषण नगर्ने संचारमाध्यमलाई आक्रमणको चेतावनी दिएका थिए। आइतबारको बन्दमा प्रेसमाथि भएको आक्रमणलाई लेखीको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले ‘पूर्वनिर्धारीत योजना योजना मुतबिक भएको आक्रमण' भनेका छन्।
न्यूज २४ का नेपालगन्ज संवाददाता अर्जुन ओलीले प्रेसमाथि आइतबार भएको आक्रमण लेखीको अभिव्यक्तिका कारण भएको बताए। उनले योजनाबद्ध र सुनियोजित तरिकाले प्रेस माथि आक्रमण भइरहेको बताए। पत्रकार महासंघले पनि आइतबारको आक्रमणलाई सुनियोजित आक्रमण भनि बिरोध जनाएको छ। आइतबार पत्रिका पुर्‍याएर बुटवलबाट नेपलागन्जतर्फ आउँदै गरेको नागरिकको गाडी बन्दकर्ताले कपिलवस्तुमा तोडफोड गरेका छन्।
यसैबीच लेखीले आज जारी गरेको विज्ञप्तिमा नेपाल बन्दका क्रममा प्रेस जगतमाथि आक्रमण गराएर आन्दोलनलाई बद्‌नाम गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन्।
पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् । बन्दको आव्हान गर्दै विहानैदेखि सडकमा उपस्थित भएको बन्दकर्ताहरुले कर्मचारी लिन जाँदै गरेको एभिन्युज टेलिभिजनको सवारी, पत्रिका पुर्‍याएर र्फकर्दै गरेको कान्तिपुर पव्लिकेसनको भ्यान, रिपोटिङमा जाँदै गरेका हिमालय टेलिभिजनका क्यामरा पर्सनको बाईकमा तोडफोड गरेका छन् ।
नामांकन र सिमांकन विनाको ११ प्रदेश नमान्ने भन्ने आदिवासी जनजातिले गरेको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन आइतवार प्रभावित भएको छ । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वानमा आइतवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर सवारी रोकेका छन् । यातायात, शैक्षिक संस्था, कलकारखानाहरु ठप्प छन् । उनीहरु संविधानसभाको राज्य पुनर्संरचना समिति तथा राज्य पुनर्संरचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनर्संरचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्नेलगायतका माग राखेका छन् ।  उपत्यकामा सवारी साधन नचल्द कामकाजीहरु हिंडेरै गन्तव्य तर्फ गइरहेका छन् । प्राय बन्दका बेलामा देखिने मोटरसाइकलसमेत देखिएका छैनन् । साइकलहरु मात्र केही मात्रमा सडकमा देखिएका छन् । बन्दकर्ता बिहानै सयौं बन्दकर्तालाई प्रहरी पक्राउ गरेको समेत जनाएको छ ।
 नेपाल जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीका अनुसार बबरमहल, चावहीललगायतका स्थानमा बन्दकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं घाईते भएका छन् । त्यसगरी नवलपरासीको बासामा पनि झडप भएको छ । त्यहाँ पनि केही आन्दोलनकर्ता घाइते भएको बताइएको छ ।
अस्पताल जान पनि दिइएन
बन्दकर्ताहरुले ललितपुरको थसिखेलमा क्यान्सर बिरामी बाबु भेट्न भक्तपुर क्यान्सर हस्पिटल गएका खगेन्द्र श्रेष्ठलाई कुटपीट गरेका छन् । गम्भीर अवस्थामा उपचार गराइरहेका बाबु भेट्न गएको भनी कागजात देखाउँदा पनि आफूमाथि आक्रमण भएको श्रेष्ठले बताए । उनीहरुले
बन्दकर्ताको लाठी प्रहार श्रेष्ठ घाइते भएका छन् । उनको शरीरभरि निलडाम छ । मोटरसाइकलको चाबी भने बन्दकर्ताले खोसेर फालिदिएका थिए ।

ग्वार्कोमा पनि झडप

ग्वार्कोमा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ । सवारीसाधन सञ्चालन गर्नेमाथि आक्रमण गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र जनजाती प्रदर्शनकारीविच झडप भएको हो । स्थिती नियन्त्रणका लागि प्रहरीले करिव एक दर्जन अश्रुग्याँस प्रहार गरेको छ ।
यसक्रममा दुई प्रदर्शनकारी र दुई प्रहरी जवान घाईते भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रदर्शनमा संलग्न केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । स्थिती साम्य भएपछि आक्रोशित भएका प्रदर्शनकारीले सातदोवाटोदेखि जुलुस निकालेका छन् । सो जुलुस ग्वार्कोतिर अघी बढिरहेको छ ।

पोखरामा बन्दकर्ता र प्रहरीबीच झडप, तीन घाइते
१० राउन्ड अश्रुग्यास प्रहार
एम्बुलेन्स पनि तोडफोड
शिव शर्मा
कास्की- आदीबासी जनजाति संयुक्त संघर्ष समितिको आहृवानमा  भएको बन्दका क्रममा पोखरामा  झडप भएको छ ।
पोखराको पृथ्वीचोकमा  भएको झडपमा  तीन जना घाइते भएका छन् भने झण्डै एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  पर्वतबाट बिरामी बोकेर आएको एम्बुलेन्स  पनि झडपका क्रममा तोडफोड भएको छ । अहिले पोखारमा तनावको स्थिति रहेको छ ।
 तमुवान संयुक्त संघर्ष समितिका सचिव पुर्ण ह्याल्मोलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हुनेमा  नित्यानन्द सुवेदी,  टेकबहादुर तामा र हिरा गुरुङ छन् । उनीहरुको स्थानिय गण्डकी मेडिकल कलेज र मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
तमु स्व्ाायत्त प्रदेश  लेखिएकेा बोर्ड नजिकै रहेकेा अखण्ड नेपाल पश्चिमाञ्चलको बोर्ड बन्दकर्ताले आगो लगाएर जलाउन खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । झडपका क्रममा केही प्रहरीलाई पनि ढुङ्गाले लागेको छ ।
झडपमा क्रममा प्रहरी १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । तनावको स्थिति रहेको पृथ्वीचोकलाई अहिले जनपथ र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सडक आसपासमा तनाव उत्पन्न हुने स्थिति भएकाले प्रहरीले कसैलाई उक्त क्षेत्रमा हिडडुल गर्न दिएको छैन ।
प्रहरीले खानेपानीको ट्याक्र ल्याएर पानी हालेर निभाएको छ । प्रहरीको निययन्त्रण पछि आन्दोलनकारी तितरवित्तर भएका छन् ।


महेन्द्रनगरमा तनाव
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा बन्द आह्वानकर्ता थारु संषयु संघर्ष समितिका कार्यकर्ता बन्दका विरोधमा रहेका स्थानीय बजारवासीबीच झडपका कारण महेन्द्रनगर क्षेत्र तनावग्रस्त भएको हो ।  झडपका क्रममा थारु आन्दोलनकारी आशोक चौधरी र बजारबासी हरिप्रसाद भट्टपनि घाइते भएका छन् ।
 कञ्चनपुरको सुडा गाविस क्षेत्रबाट बन्द आह्वान गर्दै महेन्द्र नगर बजार पुगेका आन्दोलनकारीहरुले हातमा लौरी र ढुङ्गा लिएर आएपछि स्थानीय व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि झडपको अबस्था आएको हो ।
बिहानैदेखि खुलेको बजार आन्दोलनकारी आएपछि बन्द भएको छ । महेन्द्रनगर राजमार्गको ट्राफिक चोकनजिक बजारबासी एकतर्फ र आन्दोलनकारी थारु संघर्ष समितिका अर्कोतर्फ नारावाजी गरेर बसेका छन् । बीचमा झडप हुन नदिन प्रहरी परिचालन गरिएको छ ।
पाल्पाः आदिवासी जनजातिले गरेको तीन दिने बन्दको पहिलो दिन आइतबार पाल्पाको जनजीवन प्रभावित भएको छ । नामांकन र सिमांकन विनाको ११ प्रदेश अमान्य हुने भन्दै बन्द आव्हान गरेका हुन् ।
नेपाल मगर संघ, नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्È समितिको आह्वानमा आइतवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर निजी तथा सार्वजनिक सवारी साधन रोकेका छन् । यातायात, शैÔिक संस्था, कलकारखानाहरु ठप्प भएका छन् । सिद्धार्थ राजमार्ग र तानसेनदेखि गुल्मी, अर्घाखांची जाने सडकमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
उनीहरु संविधानसभाको राज्य पुनसंर्रचना समिति तथा राज्य पुनसंर्रचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनसंर्रचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण्ँ हुनुपर्नेलगायतका माग राखेका छन् ।
बन्दले सवारी साधन नचल्दा कामकाजीहरु हिंडेरै गन्तव्य तर्फ गइरहेका छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेजको बसलाई भने बन्दकर्ताले छुट दिएकाले सुचारु छ । बन्दकर्ताले दर्जन बढी मोटरसाईकलको चाबी खोसेर राखिदिएका छन । आदिवासी जनजाति महासंघका पाल्पा अध्यÔ गमबहादुर थापाका अनुसार बन्द बाध्यता भएको बताए । बन्दकर्ताले पहिचान सहितको राज्यको पुर्नसंरचना हुनुपर्ने माग राखेका छन् ।
यसैबीच मगरात संयुक्त संघर्È समिति पाल्पामा गठन भएको छ ।  उनीहरुले मगरात प्राप्त नभएसम्म आन्दोलन जारि राख्ने र जस्तोसुकै मुल्य चुकाउने बताएका छन् । नेपाल मगर संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बसन्त घर्तीमगरले पहिचान विनाको राज्य मान्य नहुने चेतावनी दिए ।
गुलरिया: एघार दिनको लगातारको बन्दले बर्दियाको जनजिवन थप कष्टकर बन्दै गएको छ । जिल्लामा लगातारको बन्दले खाना पकाउने ग्यॉस,पेट्रोलियम पदार्थ र खाद्यँन्य अभाव भएको छ । कालो बजारियाले दोब्बर,तेब्बर मुल्यमा ग्यॉस लगायत खाद्यान्य बिक्री गर्न थालेको उपभोक्ताहरु बताउँछन् ।
 अखण्ड मध्यपश्चिमको माग गर्दे संर्घष समितिले एघार दिन देखि र थरुहट÷थारुवान जातिय पहिचान सहित राज्यको माग गर्दे सात दिन देखि बन्द गर्दे आएकाछन् । आज थारु,मधेशी,मुस्लिम, दलित संर्घष समिति र आदीवासी जनजाती लगायत चार समूहले संविधानमा आ—आफ्नो  सुनिश्चिता  हुनु पर्ने माग राख्दै बन्दको आयोजना गरेकाछन् । बन्दका कारण यातयात,शिक्षण संस्थान, कलकारखाना, बजार ठप्प छन् ।
कास्कीः आदीबासी जनजातीको आमहड्तालको क्रममा आईतबार बिहान पोखराको अमरसिंहचोकमा  ना४ख ६५८८ नम्बरको गाडी तोडफोड भएको छ ।
वीरगञ्जबाट आएको  कालो प्लेटको गाडीमा बन्दकर्ताले ढुङ्गा प्रहार गरी  अगाडीको भागमा क्षति पुराएका हुन ।
प्रहरीले सवारीमा सामान्य तोडफोड मात्र भएको बताएको छ ।
बन्दका कारण पोखरामा कुनै सवारी साधन  चलेको छैनन भने बजार पुर्ण रुपमा बन्द रहेको छ । बन्दकर्ताहरु शहरका चोकचोकमा बसेर बन्द  गरिहेका छन् । प्रेसका सवारी साधन पनि सडकमा अन्य दिनको बन्दमा जस्तो चल्न सकेका छैनन ।
धनकुटा: पाँच दिनसम्म लगातारको बन्दका कारण आइतवार पनि धनकुटाको जनजीवन प्रभावित बनेको छ । विगत चार दिनसम्म प्रादेशिक राज्यको राजधानी माग राख्दै गरिएको बन्दले प्रभावित बनेको धनकुटामा पुनः जातिय पहिचान सहितको राज्यको माग राख्दै संयुक्त जातिय मोर्चाले बन्द आव्हान गरेपछि त्यहा“को जनजीवन कष्टप्रद बनेको हो । बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात साधन चलेको छैन । बजार पसल, शिक्षण संस्था, कलकारखाना तथा वित्तिय संस्था समेत बन्द छन् । प्रादेशिक राज्यको राजधानी माग गर्दै आएको संघर्ष समितिले पनि आइतवार मध्यान्ह १२ देखि सा“झ ५ बजेसम्म बन्द आव्हान गरेको छ ।
लमजुङ: आदिबासी जनजाति सयुक्त संघर्ष समितिले आह्वानन गरेको तीन दिने नेपाल बन्दको प्रभाव लमजुङमा आज पहिलो दिन विहानैदेखि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटा दुरीका कुनै पनि सवारी चल्न सकेको छैन भने बजार पूर्ण रुपमा ठप्प भएका छन् । त्यस्तै शैक्षिक संस्थाहरु समेत खुल्न सकेका छैनन् । बन्दको आवहान गर्दै जनजातिहरुले हिजो राति सदरमुकाम बेसीशहर लगायतका क्षेत्रमा मसाल जुलुस निकालेका थिए । उनीहरुले पहिचान सहितको राज्यको पुर्नसंरचना हुनुपर्ने र जनसंख्याको आधारमा अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
 यसैबीच, तमूवान प्राप्तिका लागि यहा तमुवान संयुक्त संघर्ष समिति र युवा सघर्ष समिति समेत गठन गरेको छ । तमू छोजं घि लमजुङको अध्यक्ष प्रेम घलेको संयोजकत्वमा संयुक्त सघर्ष र जनजाति युवा महासंघका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा युवा सघर्ष समिति गठन गरेको हो । उनीहरुले तमुवान प्राप्त नभएसम्म आन्दोलन जारि राख्ने र जस्तोसुकै मुल्य चुकाउने तर पहिचान विनाको राज्य मान्य नहुने चेतावनी दिएका छन् । तमुहरुले पत्रकार सम्मेलन गरि आफूहरुले कहिल्यै जातिय राज्यको माग नगरेको स्पष्ट पार्दै तमुवान संघर्ष समितिका संयोजक प्रेम घलेले पहिचानका लागि मात्र तमुवानको माग गरेको बताए ।
लहान: वृहत मधेसी मोर्चा  र आदिवासी जनजाति संघर्ष समितिले आव्हान गरेको बेग्ला बेग्लै बन्दका कारण आइतवार सिरहाको जनजीवन प्रभावित भएको छ । वन्दका कारण सिरहा सदरमुकाम बजार, लहान, धनगढी, गोलवजार, मिर्चैया लगायतका क्षेत्रमा बजार, पसल,  कल कारखाना, उधोग धन्दा, यातायात वन्द छन । वन्द कर्ताहरु विहानैदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानखण्डमा विच मार्गमै पाल टागेर राजमार्ग अवरोध गरिरहेका छन् ।
पर्वतः आदीवासी जनजाती संयुक्त संघर्ष समितिले आह्वान गरेको तीन दिने बन्दको पहिलो दिन विहानैबाट पर्वत जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताले विहानैबाट माईकिङ गर्दै बजार पसल बन्द गराउंदै हिंडेका छन् । दर्जनौंको संख्यामा बन्दकर्ता पर्वतको शिवालय चोकस्थित पोखरा–बागलुङ राजमार्गमा बसेर प्रर्दशन गरी रहेका छन् ।
११ प्रदेशको विरोधमा आह्वान गरिएको बन्दले बजार पसल खुल्न सकेका छैनन । त्यस्तै यातायातका साधन पनि चल्न सकेका छैनन । उता चोक चोकमा बन्दकर्ता बसेर प्रदर्शन गरीरहेकाले ठूलो मात्रमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बुटवल: छुट्टाछुट्टै समूहले गरेको बन्द र प्रद्धर्शनका कारण बन्दको ११ औ दिन आज रुपन्देहीको जनजीवन थप कष्टकर र तनावग्रस्त बनेको छ ।
 छुट्टाछुट्टै समूहले बिहानैदेखि नाराजुलुससहित लठ्ठी दिएर प्रद्धर्शन थालेपछि रुपन्देहीको बुटवल, मुर्गीया, भैरहवा, देवदह, मणीग्राम लगायतका बजार बिहानैदेखि तनावग्रस्त बनेका हुन् । जतिय राज्यको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समिति,सीमान्तकृत अल्पसंखयक मुस्लिमको अधिकारको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठवन्दन ,थरुहट प्रदेशको माग सहित थरुहट संघर्ष समिति र स्वायक्त मधेशको माग गर्दै वृहत मधेशी मोर्चाले बन्दको आव्हान गरेका छन् ।  प्रदर्शनमा हुन सक्ने झडप रोक्न रुपन्देही प्रशाशनले बजार क्षेत्रका प्रत्येक प्रद्धर्शन र आसपासमा व्यापक प्रहरी परिचालन गरेको जनाएको छ । बन्दकर्ताहरुले आज रुपन्देहीका विभिन्न स्थानमा एक दर्जन मोटरसाइकल तोडफोड गरेका छन् । बन्दकर्ताहरुले दूधका गाडीहरु पनि चल्न दिएका छैनन् ।  जिल्लाका मूख्य तथा सहायक मार्गमा सवारी ठप्प छन् । बजार,व्यापारिक प्रतिष्ठान, कार्यालयसमेत खुल्न सकेका छैनन् । लगातारको लामो बन्दले दैनिक मजदुरी गरेर खाने मजदुरहरुलाई छाक टार्न समस्या परेको छ । संचित खाद्यान्न सिद्धिएपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।
दाङ
११ दिनदेखि जारी बन्दले दाङ लगाएत तराइका २२ जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । बैशाख २८ देखि ब्राम्हण, क्षेत्री, दशनामी लगायतको संयुक्त संघर्ष समितिले थालेको बन्दमा जेठ १ देखि जातिय पक्षधर संघर्ष समिति र आइतबारदेेखि नेपाल आदिवासी जनजाति महासंघले बन्द थप्दै गएका कारण नागरिकले सास्ती भोगिरहेका छन् ।
जातिय संघियता पक्षधरको बन्द नसकिदै आजदेखि जनजाति महासंघले पहिचानसहितको संघियता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार लगायतको माग गर्दै नेपाल बन्दको आव्ह्रान गरेको हो ।
लगातारको बन्दका कारण बजारमा उपभोग्य सामाग्रीको अभाव भएको छ । अस्पतालहरुमा औषधी र अक्सिजनको अभाव छ । यातायात, उद्योग, कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । बन्दका कारण दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर, व्यापारीका साथै पढ्न नपाउँदा बिद्यार्थीहरु पनि मर्कामा परेका छन् । यस्तै बन्दका कारण प्रेसका कागज ढुवानी हुन नसक्दा पत्रपत्रिकाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
बन्दकर्ताहरुले गाडीमा तोडफोड गरिरहेका छन् । बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताहरुले तुलसीपुरमा एउटा बसमा तोडफोड गरेका छन् । नेपालगञ्ज जाने तयारीमा रहेको ना ४ ख २३१३ नम्बरको बसमा बन्दकर्ताहरुले तुल्सीपुरको गुम्राहाचोकमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तोडफोडबाट बसका सबै सिसाहरु फुटेका छन् ।
बन्दका कारण भालुबाङमा रोकिएका ३५ वटा सवारीसाधन र यात्रुहरुलाई गएराति प्रहरीले स्कर्टिङ गरी गन्तब्यतर्फ पठाएको छ । अहिले पनि भालुबाङमा ३ वटा मालबाहक ट्रक र एउटा जिप गन्तव्यतर्फ जान नपाएर अलपत्र परेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।
कपिलवस्तु
बन्द माथि बन्द थपिंदा यहाँको जनजीवन कष्टकर बनेको छ । २ समूहको बन्द चलिरहहण्ज्ञद्धठदा यहाहण्ज्ञद्धठ आइतबारबाट दुई बन्दकर्ता समूह थपिएका छन् । आइतबारबाट मुस्लिम संघर्ष समिति र आदीवासी जनजाति महासंघले बन्द गरेका छन् ।
मुस्लिमहरुले आफनो हक अधिकार संबिधानमै लेखिनु पर्ने माग गर्दै बन्द गरेका हुन् । उनीहरु सदरमुकाम तौलिहबा बिरोध जुलुस निकालेका छन् । त्यस्तै आदीवासी जनजाति महासंघले जातिय पहिचान सहितको राज्य माग गर्दै बन्द गरेका छन् । यस अघि ७ दिन देखि थारुबान संघर्ष समिति र २ दिन देखि बृहत मधेशी मोर्चाले बन्द गरेका छन् ।
बन्दले सदरमुकाम तौलिहबा, गोरुसिंगे, चन्द्र्रौटा र बहादुरगंज बजार तथा पसलहरु पुर्ण रुपमा बन्द छ । त्यस्तै भारतको पंजाब र नागपुरबाट आएका दुई भारतीय पर्यटक बस तौलिहबामा दुई दिन देखि अलपत्र परेका छन् ।
काँकडभिट्टा
जातियपहिचानको आधारमा राज्यको नामाकरण गरिनुपर्ने लगायतका विभिन्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आव्ह्रान गरेको तीन दिने आम हड्तालका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापा समन्वय परिषदको आयोजनामा विर्तामोडमा र नगर समन्वय परिषदको आयोजनामा जिल्लाका तीन वटै नगरपालिका क्षेत्र ठप्प पारिएको छ ।
बन्दका कारण झापाको काँकडभिट्टाबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी चल्न सकेको छैन । बन्दकर्ताले पूर्व पश्चिम राजमार्गको विभिन्न सडक खण्डमा वास तेस्र्याएर सडक अवरुद्ध बनाएका छन् ।
शैक्षिक संस्था, सरकारी कार्यालयहरु पनि बन्दका कारण प्रभावित बनेका छन् । बन्दले कक्षा ११ का परीक्षार्थी बढी मारमा परेका छन् । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले चोक चोकमा सुरक्षाकर्मीको उपस्थिति गराएको छ ।
ओखलढुंगा
जुनसुकै बन्द आव्ह्रानले पनि त्यति प्रभाव नपार्ने ओखलढुंगा आइतबार भने बिहानदेखि नै ठप्प छ । जनजाति महासंघले गरेको बन्दका कारण जिल्लाभित्र कुनैपनि किसिमका सवारीसाधन चल्न सकेको छैन भने शैक्षिक संस्था, बजार पसल खुल्न सकेका छैनन् ।
जिल्लाको मानेभन्ज्याङ, सदरमुकाम ओखलढुंगा लगायतका ठाउँमा बन्दकर्ताले नाराजुलुस सहित प्रदर्शन गरेका छन् । प्रशासनले ठूलो संख्यामा प्रहरीलाई बजारमा खटाएको छ । बन्द भएपछि दैनिक जनजीवन कष्टकर बनेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक