20120531

न्यायाधीश बमको हत्याको विरोधमा आइतबार देशभरका सबै न्यायालय बन्द गरिने

जुन देशमा सर्बोच्च अदालतको न्यायाधिश सुरक्षित छैन, जनताको के हालत होला ? कल्पना गर्नुस त !
अंग रक्षक महेश गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा शल्यक्रिया
बंगलामुखी मन्दिरमा पूजा गरेर फर्कँदै गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । न्यायाधीश बममाथि ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै अज्ञात समूहले गोली हानेको थियो । आक्रमणमा गम्भीर घाइते भएका न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उयपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण बमको मृत्यु भएको अस्पतालका निर्देशक भरत राउतले जानकारी दिनुभयो । पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च ९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो । निकै साँघुरो सडकमा मोटरसाइकल आएपछि साइड दिन गाडी रोकेको समयमा बममाथि गोली प्रहार भएको थियो । न्यायाधीश बमको मुख, घाँटी, छाती र हातमा गोली लागेको प्रहरी महानिरीक्षक रविन्द्रप्रातप शाहले
सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ । घटनास्थलमा ५ ओटा गोलीको खोकासमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । उक्त पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख छ । घटनामा न्यायाधीश बममा अंग रक्षक महेश गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा उपचार भइरहेको छ । दुबैको शल्यक्रिया भएको छ । उहाँहरुको अवस्था खतरामुक्त नरहेको बताइएको छ । बमका गाडी चालक अश्व लामालाई  प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । न्यायपरिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन । यसैबीच न्यायाधीश बमको हत्याको विरोधमा आइतबार देशभरका सबै न्यायालय बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी बमको शव भोलि श्रद्धान्जलीका लागि सर्वोच्चमा राख्ने र भोलि नै अन्तिम संकार गर्ने बताएको छ ।
डेढ वर्षदेखि कार्यालयमा नियमित जान छाडेका न्यायाधीश रणबहादुर बम बिहीबार बिहान ललितपुरको बंगलामुखी पुगेका थिए । बंगलामुखीमा पूजाआजा सक्दा बिहानको ११ बज्यो । त्यसपछि उनी त्यहाँबाट फर्के । साथमा उनका मिल्ने साथी रामजी गिरी -कलाकार दिपकराज गिरीका पिता), अंगरक्षक र गाडी चालक थिए । चालकसँगै अगाडि अंगरक्षक बसेका थिए । पछाडिपट्ट बम र गिरी ।
साँघुरो बाटो भएकाले गाडी सुस्त गतीमा थियो । शंखमूल पार्कमा पुगेपछि एउटा पल्सर मोटरसाइकल अगाडि आएर रोकियो । मोटरसाइकलमा दुईजना थिए । न्यायाधीशको अंगरक्षक ओर्ले र बाटो किन छेकेको भनेर सोधे । त्यसपछि मोटरसाइकलको पछाडि बस्नेले अंगरक्षकलाई गोली हान्यो । गोली चलेपछि बम र गिरी गाडीबाट निस्केर भाग्न खोज्दै थिए, त्यहीबेला उनीहरुमाथि पनि गोली वर्षा भयो । चालक आत्तिँदै भागे । अरु चाहिं गोली लागेर त्यहीं ढले । त्यसपछि वरपर जम्मा भएकाले गोली लागेकालाई अस्पताल पुर्याए । त्यसपछि प्रहरी पुगेर घटनास्थललाई नियन्त्रणमा लियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक