20120525

नेपालको राष्ट्रिय दिवस तथा गणतन्त्र दिवसको उपलक्ष्यमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले वाशिंगटन डि.सी.मा एक कार्यक्रमको आयोजना


 
मे २४, २०१२ / नेपालको राष्ट्रिय दिवस तथा गणतन्त्र दिवसको उपलक्ष्यमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. शंकरप्रसाद शर्माले आज साझ वाशिंगटन डि.सी.मा एक जलपान कार्यक्रमको आयोजना गर्नुभयो । राजदूतावासको निमन्त्रणामा गणतन्त्र दिवसको कार्यक्रममा उपस्थित हुनुहुने सम्पर्ूण्ा अतिथिहरुलाई महामहिम राजदूत डा. शर्माले हार्दिक स्वागत गर्दै शुभ कामना
व्यक्त गर्नुभयो । सम्बोधनको प्रारम्भमा महामहिम राजदूतले नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापना गर्न आफ्नो प्राणको आहुति दिने सवै ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नु भयो । उक्त अवसरमा राजदूत डा. शर्माले नेपालको शान्ति प्रक्रिया एवं संविधान निर्माण कार्यमा भएको प्रगतिको संक्षिप्त जानकारी गराउनु भयो । महामहिम राजदूतले नेपालको वर्तमान आर्थिक अवस्थाको वारेमा संक्षिप्त चर्चा गर्दै गरिवी निवारण, प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीहरुको संख्यामा भएको उल्लेखनीय वृद्घ,ि मातृ एवं शिशु मृत्युदर एवं लैङ्गकि विभेदमा आएको कमी, आर्थिक वृद्धिदर लगायत प्रमुख आर्थिक सामाजिक विकासका सूचकाङ्कहरुको वारेमा उल्लेख गर्नु भएको थियो ।
embassy_gana
नेपाल र संयुक्त राज्य अमेरिका वीचको सम्बन्धको वारेमा चर्चा गर्दै वहाले यी दर्ुइ देश वीचको सम्बन्ध अत्यन्त राम्रो रहको कुरा उल्लेख गर्नुभयो । यू. एस. कंग्रेसमा नेपाल ककसको स्थापना, अमेरिकी Peace Corps Volunteers को सेवा पुन सुरु हुनु, नेपाल र संयुक्त राज्य अमेरिका वीच सम्पन्न व्यापार एव लगानी पर््रवर्धन सम्बन्धी सन्धि, नेपाल Millennium Challenge Corporation को कार्यक्रममा छनौट आदि हालै भएका केही महत्वपर्ूण्ा उपलब्धीहरु भएको कुरा उल्लेख गर्नुभयो । यो वर्षनेपाल र संयुक्त राज्य अमेरिका वीच दौत्य सम्बन्ध स्थापना भएको ६५ औं वर्षांठ र आर्थिक सहयोग आदान प्रदान सम्बन्धी सन्धि भएको ६१ औं वर्षांठ भएको सम्झना गर्दै नेपालको आर्थिक एवं सामाजिक विकासलागि संयुक्त राज्य अमेरिका सरकारले पुर्याएको सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

उक्त अवसरमा संयुक्त राज्य अमेरिका सरकारको तर्फाट State Department का दक्षिण तथा मध्य एशिया बिभागका Assistant Secretary Robert O. Blake ले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्नु भएको थियो । Assistant Secretary Blake ले राष्ट्रपति Barack Obama / Secretary of State Hillary Clinton को प्रतिनिधित्व गर्दै वहांहरुको तर्फाट समेत नेपालको गणतन्त्र दिवस र राष्ट्रिय दिवसको अवसरमा नेपाल र नेपाली जनतालाई हार्दिक वधाइ ज्ञापन गर्नु भयो ।
नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्धको चर्चा गर्दै Assistant Secretary श्री Blake ले नेपाली र अमेरिकी जनता वीचको सम्बन्ध अत्यन्त सुमधुर र गाढा रहको कुरा बताउनु भयो । Assistant Secretary श्री Blake ले नेपाल र नेपाली जनताको व्यवहारले अमेरिकीहरु धेरै खुशी भएको कुरा उल्लेख गर्दै जुनसुकै रुपमा भएपनि नेपालको भ्रमण गर्ने अमेरिकी नागरिकहरु नेपाल र नेपालीहरका वारेमा धेरै राम्रा कुराहरु सुनाउने गर्दछन् भन्नुभयो ।
नेपालको राजनीतिक अवस्थाको वारेमा वोल्दै श्री Blake ले भन्नुभयो सन् १९९६ देखि यताको समय नेपालको लागि गम्भीर रहेकोे भए तापनि गत २००६ देखि शान्ति प्रक्रियामा अघि बढिरहेको र नेपालको नेतृत्वले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यको टुङ्गो लगाउने आशा व्यक्त गर्नुभयो । उहांले नेपालको विकासको लागि नेपाललाई सघाउन र नेपालसंग सहकार्य गर्न संयुक्त राज्य अमेरिका इच्छुक रहेको कुरा उल्लेख गर्नुभयो । Millennium Challenge Corporation को स्थापनाले नेपालमा सुशासनमा सुधार ल्याउन सक्ने विचार व्यक्त गर्नुभयो ।
जलपान कार्यक्रममा Congressman,, संयुक्त राज्य अमेरिका सरकारका State Department, Congress, Senate, United State Trade Representative (USTR), Peace Corps, Millennium Challenge Corporation (MCC) निकायका वरिष्ठ पदाधिकारीहरु लगायत वाशिंगटन डि.सी. स्थित कूटनैतिक निकायका प्रमुख एवं पदाधिकारीहरु, वृहत्तर वाशिंगटन डि.सी. क्षेत्रमा रहेका गैह्र आवासीय तथा नेपाली नागरिकहरु र राजदूतावासका कर्मचारीहरु र वहाहरुका परिवारहरु उपस्थित हुनुहुन्थ्यो । जलपान कार्यक्रम वाशिंगटन डि.सी.को जर्जटाउनस्थित Holiday Inn Georgetown मा आयोजना गरिएको थियोे । - नेपाली राजदूतावास वाशिंगटन डि.सी.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक