20120525

माओवादी "कु" को तयारीमा : दुई दिन पछी नै माओवादीद्वारा आबश्यक परे राष्ट्रपतीलाई कु गरेर, बाबुरामलाईनै प्रधानमन्त्री कायम राख्दै सरकार, सडक कब्जा गर्ने रणनिती तयार

बिचरा सोझो कङ्रेस र ढुलमूले एमालेसँग कुनै बिकल्प छैन, देश प्रचण्डको ग्र्यान्ड डिजाइनमा फस्दै, स्वार्थी मधेसी मोर्चा प्रचण्डकै गुलाम !      
खबरदार प्रचण्ड तिमिले सोचेको "कु" त्यती सजिलो हुने छैन !  
- Kamal Sharma, Kathmandu
    संबिधानसभाको म्याद सकिन दुई दिनमात्र बाँकी रहँदा माओवादीले संबिधान नबन्दा के गर्ने भन्ने तयारी थालेको छ । संबिधान बन्ने र संबिधानसभा बिघटन हुने सम्भावना बराबर देखेको माओवादीले शुक्रबारको स्थायी समिति वैठकमार्फत जेठ १४ पछि सरकार नछाड्ने बरु सडक र सरकार दुवै कब्जा गर्ने नीति अघि सारेको छ । यद्यपी उसले आफ्नो पहल सहमति गरी जेठ १४ मा नै संविधान जारी गर्नु भएको बताएको छ । सत्ता सहयात्री मधेसी मोर्चा र आदिवासी जनजातिको मोर्चालाई साथ लिएर माओवादीले सरकार र सडक कब्जाको रणनीति बनाएको हो । माओवादी, मधेसी र जानजातिले पहिचानसहितको संघीयता नभए संविधान बन्नुको औचित्य नभएको बताउँदै आएका छन् । ‘जेठ १४ मा संविधान नबने संविधानसभा र संसद प्रधानमन्त्री र राष्ट्रपति कसैको पनि संवैधानिक हैसियत रहँदैन’ प्रचण्ड निकट पोलिटव्युरो सदस्य हरिबोल जगुरेलले भन्नुभयो-’त्यस्तो अवस्थामा सबै कुरा राष्ट्रपतिलाई छाड्ने कुरा आउँदैन । सरकार र सदनमा बसेर आन्दोलन गछौं ।’ जेठ १४ मा संविधान नबने संविधानसभा र संसद विघटन स्वतः विघटन हुने र त्यस्तो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति संघर्ष हुने निश्चित प्रायः छ । संबिधान नबनने अबस्था रहेमा
प्रधानमन्त्रीले राजीनामा नदिइ सरकार कब्जा गर्ने र सडकबाट जनपक्षीय संबिधान जारी गराउन पहल गर्ने माओवादीको तयारी छ । कांग्रेस र एमालेले पहिचानसहितको संघीयतालाई अस्वीकार गर्दा संबिधान नबने अबस्था आउने देखेको माओवादीलाई मधेसी मोर्चाले पनि साथ दिने बचन दिएको छ । पहिचानविनाको संघीयता र संघीयताविनाको संविधान हामीलाई स्वीकार्य हुँदैन’ फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले भन्नुभयो-’त्यस्तो अवस्थामा संविधान बन्दैन । हामी आन्दोलनबाटै सबैकुराको छिनोफानो गछौं ।’ २०६२/६३ को जनआन्दोलनबाट संसद पुनःस्थापनाको नजिर रहेको भन्दै यादवले परिवर्तनकारी शक्तिहरु मिलेर आन्दोलन गर्ने र सडकबाटै निर्णय गर्ने बताउनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक