20120516

मन्त्रिमण्डल विस्तार गर्दै नयाँ सात मन्त्रीलाई सपथ

प्रधानमन्त्री बावुराम भट्टराईले आज मन्त्रिमण्डल विस्तार गर्दै नयाँ सात मन्त्रीलाई सपथ दिलाएका छन् । एमालेका इश्वर पोखरेलले उपप्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष कार्यक्रममा एमाले र साना दलका तर्फबाट सिफारिस मन्त्री सहित सात जनालाई भट्टराईले विनाविभागीय मन्त्रीमा सपथ दिलाएका हुन् । पद तथा गोपनीयताको सपथ लिनेमा एमालेबाट उपप्रधान सहित विनाविभागीय मन्त्रीमा पोखरेल तथा विनाविभागीय मन्त्रीमा राधा ज्ञवाली, राप्रपाबाट परशुराम खापुङ, संघीय सद्भावनाबाट अनिलकुमार झा, नेकपा (संयुक्त) बाट चन्द्रदेव जोशी, नेपाल परिवार दलबाट एकनाथ ढकाल र नेपाः राष्ट्रिय पार्टीका तर्फबाट केशवमान शाक्य छन् । यस अघि उपप्रधान तथा गृहमन्त्रीमा विजय गच्छेदार, उप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीमा कृष्णप्रसाद सिटौला लगायतले सपथ लिईसकेका छन् । केही मधेसवादी दलका मन्त्री
बाहेकका अन्य कुनैपनि मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । सबै विनाविभागीय मन्त्रीका रुपमा काम गर्दै आएका छन् । यसै अघि, एमालेको आजै बसेको स्थायी समिति बैठकले पोखरेल र ज्ञवालीको नाम अनुमोदन गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक