20120516

नेपाल शतिले श्राप गरेकै मुलुक रहेछ हगी !!

भारतको ईशारा, प्रचण्डको डिजाइन, बिजय गच्छेदार, माधव नेपाल र कृष्ण सिटौलाको सहिछाप, भारतीय राजदुत जयन्त प्रसादको फड्के किनारा साक्षी, युरो र डलरको खेल सँगै मेरो देश अब यसरी चिरा पर्ने भयो । थाहा छैन एघार मन्त्रिमन्डल, अदालत, प्रहरी, प्रशासन, हरेक एघार निकाय, केन्द्रमा करिब चार सयको जम्बो सँसद, जम्बो सरकार... आदी आदी यो बहानामा हामी नेपालीले आफ्नो रगत र पसिनाबाट अझ कती मुल्य चुकाउनु पर्ने हो ! कठै हामी नेपाली को कस्तो दुर्दशा ! फेरी बाइसे चौबिसे राज्यको नियती भोग्न वाध्य हुने भयौँ, नेपाल शतिले श्राप गरेकै मुलुक रहेछ हगी !! ठग नेता देखी पार्टीलाई सहयोग गरेका समानुपातिकमा परेका ले जागिर त पाउने भए, प्रचण्ड रुपी महिसासुर राष्ट्रपती पनि बन्लान, पालै पालो माकुने, झलनाथ, कृष्ण सिटौला, गच्छेदार लगायत अरुहरु प्रधानमन्त्री, मन्त्री, साँसद, मुख्यमन्त्री, राज्य सरकारका मन्त्री पनि बन्लान तर देश हाइटी, कँगो, बुरुन्डी, सोमालिया, इराक, अफगानिस्तान हुने पक्का छ अनी बल्ल सबैलाई चेत आऊला हामी कुन बाटोमा रहेछौं भनेर ! धिक्कार छ हामी नेपालीलाई, जसले यती हुँदा सम्म पनि बुझ्न सकेनौं, उठ्न जुर्मुराउन सकेनौं, सत्र हजार लाश ओच्छ्याउने राजनीतिक नेता रुपी महिसासुर प्रचण्डको पथ मै हरायौं । इतिहासले हामी नेपाली जनतालाई कहिलै माफ गर्ने छैन, मातृभूमीले कहिलै माफ गर्ने छैन ।                         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक